Smoking Causes Cancer

भागेर गुल्मी आएका थाबाङ्गका प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी फर्किए



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

               तस्वीरः अनलाईन खबरबाट
प्रेम सुनार
गुल्मी, असार २६ । असार मशान्त भित्रको रकम भुक्तानीको दवाव खेप्न नसकेर असार २४ गते विहान देखि भागेर  हिजोराती गुल्मी आएका रोल्पा थबाङ्ग गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत सहित ७ जना कर्मचारीको टोली आज विहान गुल्मीबाट फर्किएका छन ।
थबाङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज घर्ति सहित ७ जना कर्मचारीको टोली उक्त दिन विहान देखि त्यस पालिकाबाट सम्पर्कहिन भएका थिए । फोन स्वीचअफ गरेर सम्पर्क विहिन भएका उनीहरु त्यहाँबाट भागेर गुल्मीको सदरमुकाम तम्घासमा राती आई पुगेका थिए ।

केन्द्र देखि नै खोजतालको लागि दबाव आए पछि रातभर उनिहरुलाई यहाँको प्रहरीले खोजतलास ग¥यो उनिहरुलाई तम्घासकै निलगिरि पार्र्टी प्यालेसमा फेला पारियो । सोधपुछ पछि , थबाङ्ग गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरलाई सुचित गरियो ।

अन्यत्र प्रम्ुख जिल्ला अधिकारीज्युलाई पनि अवगत गराईयो । त्यस पछि उहाँहरुलाई अर्घाखाँचीको बाटो हुँदै पठाईएको छ , जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नारायण प्रसाद अधिकारीले भन्नु भयो उहाँहरुलाई रकम भुक्तानीका लागि निकै दवाव र धम्की आए पछि भागेका हौं भन्दै हुनुहुन्थ्यो । ’

सिंचाई
Forest
Ad.

उता थबाङ्ग गाउँपालिकाले विज्ञप्ति निकालेर खोजतजास गरेको छ । विज्ञप्तिमा भनिएको छ, “कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको हुँदा कार्यपालिकाको कामकाजमा समस्या भएको छ।

यथासिघ्र सम्पर्कमा आउनुहुन र जानकारी पाउनु भएका महानुभावहरूले यस पालिकालाई जानकारी गराउनहुन अनुरोध गर्दछौं।”
विज्ञप्तीमा सम्पर्क विहिन हुनेहरुको नाम यस प्रकार उल्लेख छ । हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत , हरिश माझी – सहायक प्रशासन पाँचौँ , यज्ञ प्रसाद कँडेल – सह लेखापाल , चन्द्र प्रकाश ओली – सव इन्जिनियर , निशा आचार्य – सव इन्जिनियर , शिव कुमार वली – खानेपानी सरसफाई टेक्नििसियन, प्रदीप केसी – सवारी चालक  ।

यसरी भाग्नुलाई स्थानीयलाई उदृत गदैंै अनलाईन खबरले शंकास्पद भनेर छापेको छ । त्स अनलाईन लेख्छ – थबाङ गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष समेत रहेका बसन्त रोकामगरले ठेक्कापट्टामा ‘बार्गेनिङ’ नमिलेपछि कर्मचारीको टोली नै सम्पर्कमा नआएको भन्दै उनीहरुविरुद्ध मुद्दा हाल्ने बताएको अनलाईन खबर लेख्छ ।

‘क्लोजिङको समय थियो । राति दुई–तीन बजेसम्म पनि बसेर ठेकेदारलाई भुक्तानी दिइएको भन्ने छ । यही अवस्थामा उहाँहरु बार्गेनिङको लागि भाग्नुभयो भन्ने हामीले बुझेका छौं । अब स्थानीय सबै मिलेर मुद्दा हाल्छौं,’ उनले भने ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो