Salime Malika Krishi Farm

Awareness Campaign

बसले मोटरसाईकललाई ठक्कर दिदा नवलपरासीमा दुई जनाको मृत्यु



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

बुटवल, असार २१ । आज दिउँसो नवलपारासी पश्चिममा बसले ठक्कर दिदा दुई जना युवकको ज्यान गएको छ । त्यस जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा उक्त दुर्घटना हुँदा प्रतावपुर गाउँपालिका– ४, पाँचपेडा २१ बर्षीय भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल निवासी १८ बर्षीय राहुल राजभरको मृत्यु भएको त्यस जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ति दुई जनाको मृत्यु भएको त्यस जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका डीएसपी पन्तले जानकारी दिए । । बस चालक रामग्राम नगरपालिका ४ ईम्लीटोल बस्ने बर्ष ३१ सदाम अलि अन्सारीलाई नियन्त्तणमा लिईएको पन्तद्धारा प्रेषित प्रेस नोटममा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो