Clean Water Campaign

Awareness Campaign

गुल्मीमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने पहिलो पालिका बन्यो धुर्कोट



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने पहिलो पालिका बनेको छ। धुर्कोटले आज आईतवार वडा नम्बर -१ नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेर जिल्लाका १२ पालिका यस्तो इतिहास रच्न क्स्क्स क वव सफल भएको हो। घोषणा सभाको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले उद्घाटन गरेका थिए।

त्यस्तै खत्रीले घोषणा पत्र वाचन गर्दै धुर्कोट वडा नम्बर १ लाई बधाई दिनु भएको थियो ।

उहाँले घोषणाको ताम्रापत्र अनावरण समेत गर्नु भएको थियो। जिल्लाका ९३ वडा मध्ये धुर्कोट १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने पहिलो वडा हुने इतिहास रच्न सफल भएको प्रति जिल्ला समन्वय समिति गुल्मी र धुर्कोट गाउँपालिकाले त्यस वडालाई कदर पत्र प्रदान गरेको छ।

सिंचाई
Forest
Ad.

पालिकाले त्यस वडालाई एक लाख नगद पुरस्कर सहित कदर पत्र प्रदान गरेको थियो ।

त्यस अवसरमा विभिन्न संस्था र व्यक्ति व्यक्तिलाई समान गरिएको थियो । घोषणा सभामा बाल विबाह बिरुद्ध सडक नाटक देखाईएको थियो।

कार्यक्रममा प्रमुख अतिथि खत्री , विशेष अतिथि शिक्षा विकास समन्वय ईकाई कार्यालय प्रमुख थानेश्वर घिमिरे ,धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल , उपाध्यक्ष सीता गिरि प्रमुख प्रशासकीय अधिकृत ज्ञानुरा पन्थी लगायतल्र मन्तव्य राखेका थिए।

Awareness by SKF

उदघाट्नको पुर्व सन्ध्यामा चनचेतना मुलक र्याली निकालिएको थियो ।

कार्यक्रममा स्थानीयबासीको व्यापक सहभागिता थियो भने जिल्ला समन्य उप प्रमुख तेजेन्द्र सलामी सहित विभिन्न तहका प्रतिनिधि र कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।

वडाध्यक्ष चेतनाथ कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिब नारायण पोख्रेलको संचालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो