१५ असार, गुल्मी: मुसिकोट नगरपालिकाले पत्रकार भेटघाट गर्दै सामाजिक सञ्जालमा उठेका आलोचनाप्रति स्पष्टिकरण दिएको छ। हालै नगरप्रमुख जिवलाल खरेल ॅजिवन’ माथी लक्षित गर्दै सामाजिक सञ्जालमा आएका टीका–टिप्पणी तथा आलोचनालाई असत्य, भ्रमपूर्ण र नियोजित भन्दै नगरपालिकाले विज्ञप्ती मार्फत खण्डन गरेको हो। नगरका प्रवक्ता हरिहर सापकोटाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा नगरपालिकाले पूर्वाधार, कृषि, उद्योग, पर्यटन, जलवायु अनुकूलन र सामाजिक क्षेत्रका विभिन्न योजनाहरुमा लगातार प्रगति गरिरहेको सन्दर्भ तथा आगामी बजेट तर्जुमालाई समेत प्रभावित पार्ने मनासायले तथ्य बङ्गाएर प्रचार गरिएको प्रति खेद व्यक्त गरेको छ।
त्यस्तै सवारीसाधन र इन्धन प्रयोग सम्बन्धमा उठेका प्रश्नहरुबारे समेत नगरले प्रष्टोक्ति दिएको छ। हाल नगरपालिकासँग एक मात्र ४ पाङ्ग्रे सवारी साधन रहेको र आवश्यकता अनुसार भाडामा गाडी लिने निर्णय मितव्ययी हुने ठहर गर्दै नयाँ गाडी खरिद नगरेको जनाएको छ। साथै इन्धन विवरण प्रविष्टिमा प्राविधिक कारणले ढिलाइ भएको र सोही विवरण पछि एकैपटक एब्ःक् प्रणालीमा प्रविष्ट गर्दा एकैदिन देखिएको जानकारी दिएको छ। सामाजिक सञ्जालमा एकैदिन मेयरको नाममा ४ सय ५० लिटर इन्धन प्रयोग गरिएको प्रचार भएको थियो।
त्यस्तै कार्यालयले गरेको पत्रकारहरुसंगको भेटघाटमा उठेका प्रश्नहरुको उत्तरदिँदै प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले एब्ःक् प्रणालीमा डाटा प्रविष्टि गर्दा मानविय त्रुटिका कारण डिजेल हुनुपर्नेमा पेट्रोल भएको, तथा सुचना दिँदा एक्सलमा गाडि नं. लगातार देखिएको जानकारी दिँदै, त्यस्ता त्रुटि नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै प्रमुख प्रशासकिय अधिकृत गिरिले गाडिभाडाको सन्दर्भमा गुल्मी जिल्ला दररेटका आधारमा भाडा उल्लेख भएको र नगरभित्र विभिन्न स्थानमा पुग्दा एउटा ठाउँमात्रै उल्लेख भएको भन्दै पुरा विवरण हेर्न आग्रह गर्नुभएको थियो ।
सो पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख जिवलाल खरेल जिवनले वर्तमान समिक्षात्मक वातावरणलाई आत्मसमीक्षा गर्ने अवसरका रुपमा लिँदै नगरपालिकाको पारदर्शिता, जवाफदेहिता र मितव्ययिता कायम राख्दै विकासको गतिमा अविचलित रहन जनप्रतिनिधिहरु प्रतिवद्ध रहेको बताउनु भएको छ।
कार्यक्रममा पत्रकारहरुले नगरपालिका भित्र पत्रकार असुरक्षीत भएको, सार्वजनिक स्थानमा खिचिएको भिडियो हटाउन दवाव दिइएको प्रसङ्गमा नगरप्रमुख खरेलले घटना दुःखद् भएको र त्यो घटनाको छानविन गर्ने निकायलाई सहयोग गर्न नगरपालिका तयार रहेको जानकारी भयोे। त्यस्तै नगरपालिका कार्यालयमा कर्मचारीको आन्दोलन सन्दर्भमा उठेको प्रश्नमा नगरप्रमुख खरेलले घटना छानविन गर्न न्यायिक समिति सदस्यको नेतृत्वमा छानविन समिति बनेको र त्यो प्रतिवेदन गाउँसभामा प्रस्तुत गर्ने कार्यभार भएकोले सोहि अनुसार गाउँसभामा छलफल हुने जानकारी दिनुभएको छ।
त्यस्तै विज्ञप्ती मार्फत नगरपालिकाले नगरबासी, सञ्चारकर्मी, शुभचिन्तक, देश विदेशमा रहने सवैलाई साथ र विश्वासका लागि धन्यवाद दिँदै, आधारहीन प्रचारबाट सावधान रहन आह्वान गर्दै आफ्नो कर्तव्यपालन प्रति दृढ रहेर अगाडी बढ्ने संकल्प समेत गरेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |