गुल्मी: हिजो प्रकाशित एसईई परीक्षाको नतिजा अनुसार गुल्मीमा जम्मा तीन जनाले मात्रै फोर जिपिए ल्याउन सफल भएका छन। संयोगको कुरा फोर जिपिए ल्याउने तीनै जना विद्यार्थी भण्डारी थरका रहेका छन।
उनीहरु सदरमुकामका चर्चित सामुदायिक विद्यालयका भने होईनन्। ग्रामिण भेगका विद्यालयका विद्यार्थीहरु हुन। ग्रामिण भेग मध्ये सत्यवती गाउँपालिका-५ स्थित सत्यवती मावि हसराका दुई जना विद्यार्थीले फोर जिपिए ल्याउन सफल भएका छन। चन्द्रकोट गाउँपालिका-४, शान्तिपुर स्थित उदय माविका एक जना विद्यार्थीले फोर जिपिए ल्याउन सफल भएका छन। उनी हुन निशान भण्डारी।
यता हसराका अर्जुन भण्डारी र सिर्जित भण्डारी फोर जिपिए ल्याउन सफल भएका हुन।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय प्रमुख थानेश्वर घिमिरेका अनुसार गत वर्ष परीक्षामा सहभागी नियमित तर्फ ३ हजार ५११ जना मध्ये २ हजार ४०५ जना उत्तिर्ण भएका छन। जुन ६९ प्रतिशत हुन आउछ। त्यस्तै प्राविधिक धार तर्फ ३३२ जना सहभागी भएकोमा १८० जना उत्तिर्ण भएका छन। जुन ५४ प्रतिशत हुन आउछ।
उदय माविले फोर जिपिए सहित राम्रो नतिजा ल्याउन सफल भएको प्रति खुशी ब्यक्त गर्दै चन्द्रकोट गाउँपालिका अध्यक्षले सामाजिक सञ्जालमा लेख्नु हुन्छ, ‘एसईई पीक्षाको प्रकाशित नतिजा अनुसार फोर जिपिए सहित गाउँपालिका प्रथम हुन सफल उदय माध्यमिक विद्यालयका विद्यार्थी निशान भण्डारी एवं ९५.४५ प्रतिशत विद्यार्थी उत्तिण गराउन सफल ग्वाघा माध्यमिक विद्यालय परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |