Clean Water Campaign

Awareness Campaign

रेसुङ्गाका मेयर पन्थीको गाडीले गाडीले ठक्कर दिई घाईते भएका खत्रीको अझै होस खुलेन



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असार १४: गएराती साढे १० बजेको समयमा बुटवल-१२ को तामनगरमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी सवार गाडीले ठक्कर दिई गम्भीर घाईते भएका गुल्मीका ३० बर्षीय रञ्जित खत्रीको होस अझै खुल्न नसकेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

हिजो पुर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको मेयर पन्थी सवार बिएए ०९१६ नम्बरको स्कारपियोले विपरित दिशाबाट आउँदै गरेको लु ९० प ३१९८ नम्बरको मोटरसाईकलमा सवार मुसिकोट नगरपालिका १ पौदीअमराईका खत्री गम्भीर घाईते भएका थिए ।

उनलाई जितगढी स्थित एडमनसिटी अस्पतालमा भर्ना गरिएको, अबस्था गम्भीर रहेको र अहिले विहान थप अपडेट नआएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनु भयो ।

सिंचाई
Forest
Ad.

मेयर सवार गाडी रेसुङ्गा नगरपालिका २ का ३३ बर्षीय बलबहादुर थापाले चलाईएको र उनि घाईते नभएको डिएसपी कार्कीले बताउनु भयो। घाईतेका एक जना आफन्त रचना नाम गरेकी महिला संग बुझ्दा आईसियु कक्षमा राखिएको र अझै होस नखुलेको जानकारी दिनु भयो ।
मुसिकोट नगरपालिका १ का वडाध्यक्ष आनन्द श्रेष्ठका अनुसार खत्री आमाको उपचारका लागि बुटवलतिरै बस्ने गर्नु हुन्थ्यो ।

घाईतेका बाबु हेमबहादुर खत्री संग सम्पर्क गर्दा उहाँ अहिले विहान पौदीअमराई बाट बुटवल तर्फ हिडन लागेको बताउनु भयो। मेयर संगै त्यस गाडीमा सवार नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठका अनुसार दाङ्गबाट बुटवल तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको थियो। दुर्घटना हुनासाथ घटनास्थल तनावग्रस्त हुन पुगेको थियो।

भिडले हातपातको प्रयास समेत गरेका थिए । मेयरको गाडीलाई घेर्दै आक्रोषित भिडले –‘  यसको ज्यानको ममतलव छैन यसलाई, , बाहिर निकाल.. बहिर निकाल ’ भन्दै थिए । हामीले राती करिव  पौने १२ बजेको समयमा श्रेष्ठलाई सम्पर्क राखेका थियौं । मेयर पन्थीको गाडी प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →