Salime Malika Krishi Farm

Awareness Campaign

आमाको भिरबाट लडेर मृत्यु, बाबु विदेश, बालक छोराको बिचल्ली



ओझेलका खबर
९ महिना अगाडि


Awareness

Place for ads

 

, गुल्मी , असार १३ । बिहिबार ( हिजो ) दिउँसो घरबाट घाँस काटन भन्दै हिडेकी गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी लक्ष्मी थापा राती अबेर सम्म फर्केर नआए पछि उनका दुई बालक छोराहरु भोकभोकै आमाको बाटो कुरेर बसिरहे ।

छिमेकीले खोजतलास गर्दै जाँदा उनि सोही वडाको काउले भालुखोला सामुदायिक वनमा मृत फेला परेको सुने पछि भोको पेट ति बालकहरुको रात आमा प्रतिको विलौना पोख्दै रुवावासीमा बित्यो । उनिहरुका बाबु बैदेशिक रोजगारमा भएकोले उनिहरुको हिजो राती देखि बिचल्ली भएको छ ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालका सुचना अधिकारी डिएसवी गंगाबहादुर सारुले हामीलाई पठाएको विवरण अनुसार ३१ वर्षीया लक्ष्मी थापा भीरको गोरेटो देखि करिव २० मिटर तल मृत अबस्थामा भेटिएकी हुन । उक्त सुचना पाउन साथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सारुले प्रेस नोटमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो