गुल्मी, असार १२ । गुल्मीको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी दर्लामीका श्रीमान आज साँझ करिव डेढ घण्टा अघि झुण्डिएको अबस्थामा घरमै मृत फेला परेको दुखद समाचार प्राप्त भएको छ ।
छिमेकीका अनुसार उहाँका श्रीमान सोही पालिका वडा नम्ब २ अर्वेनी, भयकोट निवासी अन्दाजी ३७ बर्षीय तिलक दर्लामी घर मै मृत फेला पर्नु भएको हो । हुन ।
े उहाँका श्रीमान झुण्डिएको अबस्थामा मृत फेला परेको े नेकपा माओवादी केन्द्रका जिल्ला नेता तथा स्थानीयवासी मोहनीलाल भट्टराईले जानकारी दिनु भयो । ‘उहाँको मृत्युको खबर सुन्दा श्रीमति उपाध्यक्ष दर्लामी पुर्तिघाट गाउँपालिका कार्यालयमै हुनुहुन्थ्यो , भट्टराईले भन्नु भयो उहाँ संगै अहिले हामी घरमा ( घटनास्थल ) आएका छौं , पुर्तिघाटबाट प्रहरी टोली पनि आई पुगेको छ र घटनाबारे अनुसन्धान हुँदैछ । ’
उहाँका अनुसार उपाध्यक्ष दम्पत्तीका दुई छोरी र एक छोरा छन । उपाध्यक्ष दर्लामी नेकपा माओवादी केन्द्रकी नेतृ हुनुहुन्छ । यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारु संग संग फोन गर्दा फोन उठेन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |