गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले यो देशमा विकासको मुख्य बाधक वन ऐन रहेको बताउनु भएको छ।
‘‘समृद्धिका लागि वन’ सरकारी नारा कति मिठो छ। तर व्यवहारमा समृद्धिका लागि वन होईन बाधक बनिरहेको छ।’ मेयर पन्थीले सदरमुकाम तम्घासको एक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘जब सम्म वन ऐन संशोधन गरिदैन तब सम्म वन विकासको बाद्धक नै रहिरहने छ।’
पारिवारिक निजी वन संघ गुल्मीले आयोजना गरेको जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथी मेयर पन्थीले यस्तो बताउनु भएको हो।
गण्डकी जलधार जलवायु उत्थानशील आयोजनाको आर्थिक सहयोगमा आयोजित तीन दिने कार्यशाला गोष्ठीमा जिल्लाभरका सरोकरोवाला सहभागी रहेका छन। ‘स्वदेशका वन जंगलका काठहरु सडेर खेर गएका छन, हामी भने विदेशबाट किन्छाैँ। यस्तो पनि कही हुन्छ?’ मयेर पन्थीले यस्तो प्रतिप्रश्न गर्नु भयो।
त्यस्तै उहाँले व्यक्तिका निजी जमिन, जसको लालपुर्जा छ, तिरो तिर्दै आएको छ, उसले समेत आफ्नो काठ प्रयोग गर्न पाएको छैन, वन ऐन संशोधन गर्नका लागि मैले यस अघिका प्रधानमन्त्रीलाई पनि भेटेर भनेको छु र अहिलेका प्रधानमन्त्रीलाई पनि भन्दै आएको छु। बेलैमा वन ऐन संशोधन गरे मात्र साँचो अर्थमा समृद्धिका लागि वन हुने छ।
कार्यक्रममा विशेष अतिथी पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरिले वनमा उत्पादित काठको अवस्थाबारे जानकारी दिनु भएको थियो।
कार्यशाला गोष्ठीका मुख्य प्रशिक्षक वरिष्ठ वन विज्ञ सुवास देवकोटा रहनु भएको छ। कार्यक्रममा विशेष अतिथी पारिवारिक वन संघका केन्द्रिय न्यायिक समितिका संयोजक राम मल्ल ठकुरी, सामुदायिक उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णुप्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल, पत्रकार महासंघका अध्यक्ष अनिल खत्री लगायतले पनि मन्तव्य राख्नु भएको थियो।
गुल्मीमा पारिवारिक वन संघ २०७६ सालमा गठन भएको थियो। आजको उद्घाटन सत्रमा संघका अध्यक्ष नारायण कुँवरको अध्यक्षता रहेको थियो भने जिल्ला सदस्य बलबहादुर कुँवरको स्वागत मन्तव्य र पुर्व सचिव विष्णु विश्वकर्माको सञ्चालन रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |