हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आईतबार बच्चा जन्माउने मिति दिएका थिए।सोही कारण आज सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीसहित इभी माइक्रोमा भरतपुर अस्पताल जाँदै थिइन्। उनलाई आफ्नो दोस्रो सन्तान जन्माउने ठूलो धोको थियो। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासू र श्रीमान्का साथ चितवन हिँडेकी थिइन्। रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर हिँडेकी हुन्।
उनीहरूले चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो बस ठक्कर खाँदा गर्भको शिशुसहित तीनैजना सदाका लागि अस्ताए। उनीहरू तीनैजनाको त्यस दुर्घटनामा ज्यान गएको उनका आफन्त नवराज पहाडीले जानकारी दिए।
शनिवार बिहान १०स्१५ बजेको समयमा भएको उक्त दुर्घटनामा उनीहरूसहित ७ जनाले ज्यान गुमाएका छन
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र।१(००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र।३(००१ ज २९९ नम्बरको इभी माइक्रो एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा २४ जना घाइते भएका छन्। श्रोतः सेरोफेरो न्युज, तस्वीरः समाजिक सञ्जाल
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |