Smoking Causes Cancer

गुल्मीका बेपत्ता व्यक्ति दिल्लीमा सकुशल भेटिए



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गत ६ दिन देखि भारतको दिल्लीबाट बेपत्ता भएका गुल्मीका एक जना व्यक्ति गएराती सकुशल भेटिएका छन।

जिल्लाको रेसुङ्गा नगरपालिका-५, भुवनपानीका अन्दाजी ५५ बर्षिय लेखनाथ खत्री भेटिएका हुन। दिल्लीको प्रित बिहार स्थित रत्न रेष्टुरेन्टमा काम गर्ने खत्री जुन ११ तारिख दिउसो ३ बजे नोयडा जान्छु भनेर हिडे देखि सम्पर्क विहिन भएका थिए।

खत्री हिजो साँझ सम्पर्कमा आएको दिल्लीमा रहेका अर्घाखाँची छत्रदेव गाउँपालिका- ८ निहुरेका हुमाकान्त पोखरेलले जानकारी दिनु भयो।

सिंचाई
Forest
Ad.

उहाँका अनुसार खत्रीलाई बाटो हिँडिरहेको अवस्थामा अज्ञात व्यक्तिहरुले नसालु पदार्थ मुखमा सुघाई बेहोस बनाएर मोबाइल र नगत लुटपात गरि बेखर्ची बनाएर छाडेका थिए। खत्री सोहि रेष्टुरेन्टमा काम गर्न फर्किएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो