गुल्मी: गत ६ दिन देखि भारतको दिल्लीबाट बेपत्ता भएका गुल्मीका एक जना व्यक्ति गएराती सकुशल भेटिएका छन।
जिल्लाको रेसुङ्गा नगरपालिका-५, भुवनपानीका अन्दाजी ५५ बर्षिय लेखनाथ खत्री भेटिएका हुन। दिल्लीको प्रित बिहार स्थित रत्न रेष्टुरेन्टमा काम गर्ने खत्री जुन ११ तारिख दिउसो ३ बजे नोयडा जान्छु भनेर हिडे देखि सम्पर्क विहिन भएका थिए।
खत्री हिजो साँझ सम्पर्कमा आएको दिल्लीमा रहेका अर्घाखाँची छत्रदेव गाउँपालिका- ८ निहुरेका हुमाकान्त पोखरेलले जानकारी दिनु भयो।
उहाँका अनुसार खत्रीलाई बाटो हिँडिरहेको अवस्थामा अज्ञात व्यक्तिहरुले नसालु पदार्थ मुखमा सुघाई बेहोस बनाएर मोबाइल र नगत लुटपात गरि बेखर्ची बनाएर छाडेका थिए। खत्री सोहि रेष्टुरेन्टमा काम गर्न फर्किएका छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |