गुल्मी, असार १: अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक महिलाले गएराति धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ।
छत्रदेव गाउँपालिका-३, सिख्रेपाटा निवासी २७ बर्षिया श्रीमति खेममाया कुमालले ३८ बर्षिय श्रीमान रामु कुमाललाई गएराति साढे १२ बजेको आसपासको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेकोले थप विवरण पछि आउने डिएसपी मल्लको भनाई छ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |