कावासोती, जेठ १८ । आज विहान करिव २ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत मध्येविन्दु नगरपालिका भित्र सडक दुर्घटना हुँदा एक जना घम्भीर घाईते भएका छन । भैरहवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु २ ख ३१ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशाबाट आउँदै गरेको क.प्र.०२–००१ प १२०९ नम्बरको मोटरसाईकलले ठक्कर दिदा त्यसमा सवार जुम्ला निवासी २३ बर्षीय नरेन्द्र शाही गम्भीर घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जुम्लाको तातोपानी नगरपालिका ८ का घाईते शाहीलाई मध्येविन्दु प्रादेशिक उपचार गरिएकोमा अहिले विहान करिव साढे तीन बजे चितवन मेडिकल कलेजमा रेफर गरि पठाईएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |