Clean Water Campaign

Awareness Campaign

रास्वपा सभापति पाण्डेका दुवै भाई बने एकै साथ अधिवक्ता



प्रेम सुनार
३ महिना अगाडि


Awareness

Place for ads

प्रेम सुनार
गुल्मी, जेठ १७ । राष्टिराष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा ० गुल्मीका जिल्ला पार्टी सभापति भोजराज पाण्डेका दुबै भाईले अभिबक्तामा एकै साथ नाम निकाल्न सफल भएका छन ।  गुल्मीको सदरमुकाम  तम्घासस्थित साखिनेटोलका भोजराज पाण्डे र हुमलाल पाण्डे सहोदर दुई भाई हुन । उनिहरुले नेपाल कानून व्यवसायी परिषदले लिएको कानून व्यवसायीको ३२औ तहको परीक्षामा उत्तीर्ण भई एकै परिवारका दुई भाईले एकै साथ अधिवक्तामा नाम निकाल्न सफल भएका हुन ।

गत भदौ १६ गते ३० वर्षे सेवा अवधी पुरा गरि नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक पदवाट मुस्ताडंको प्रहरी प्रमुख हुँदा सेवा निवृत भएका भोजराज पाण्डे अनुसन्धान गर्ने प्रहरी अधिकारीको अनुभव संगै वाकलत गर्ने भएका छन । भाई हुमलाल पाण्डे पनि वाकलत पेशा नै अंगाल्ने सोचमा रहेको बताउँछन । पाँच भाई मध्ये पुर्व डिएपी पाण्डे काईला हुन भने हुमलाल कान्छा छोरा हुन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →