गुल्मी, जेठ १७: हिजो देखि कतारमा सुरु भएको गुल्मी सेवा समाज कतारको १० औं साधरण सभाले गुल्मी अर्खलेका मित्र बिएस अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन।
रेसुङ्गा नगर पालिका ४ अर्खले घर भई दुई दशक अघि देखि कतारको बैदेशिक रोजगारीमा रहनु भएको बिएस त्यहाँ रहेका नेपालीहरु माझ लोकप्रिय श्रमिक नेताका रुपमा चिनिनु हुन्छ । त्यहाँ रहेका नेपालीहरुको हरविपदमा साथ दिर्दै साथ दिदै आएका बिएसलाई अध्यक्षका रुपमा निर्वाचन समितिले प्रस्ताव अगाडी सार्दा सभाहल उनको समर्थनमा ताली र सिठीले गुन्जाएमान भएको थियो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा सुरज चन्द , अन्य उपाध्यक्षहरुमा क्रमशः ।देब लम्साल, दर्शन सुनार पनि सर्वसम्मत निर्वाचित भएका छन ।त्यस्तै सचिवमा कुमार राहाडि मगर , सह९सचिव रमेश पछाई, कोषअध्यक्ष ।कमल खत्री , महिला संयोजक कल्पना घर्तीलाई पनि सभाले सर्वसम्मत निर्वाचित गरेको छ ।
त्कार्य समित सदस्यहरु मध्ये महिला सदस्य दुर्गा माझी , गोपाल पछाई , ज्ञान ब।हादुर शाही , भिम बहादुर पाण्डे, सुरेश परियार , दिपक घिमिरे, मान ब।हादुर कार्की , गिरि प्रसाद दर्लामी मगर र सम्शेर सुनार सहित २१ सदस्यी कार्य समिति निर्वाचित भएको कतार स्थित ओझेलका खबरकर्मी बाबुराम महतले जानकारी दिए ।
१० औं साधरण सभाको प्रमुख अतिथी लुम्बिनी प्रदेश समन्व्य परिषद कतारका प्रमुख संरक्षक क्रान्ति सिंहले भव्य समारोहका बीच उदघाटन गरेका थिए । लामो समय देखि कतारमा लोकप्रिय श्रमिक नेताकारुपमा परिचित प्रमुख अतिथी सिंहले शुभकामना मन्तब्यका क्रमममा गुल्मी र यहाँका मानिसहरुको निकै प्रशंसा गरेका थिए ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक पौदीअराईका बुद्ध पाण्डेले केहि महिना अघि कतारमा सडक दुर्घटनामा मृत्यु भएका छापाहिलेका झबिन्द्र आचार्यको मृत्यु घटनामा अन्तराष्टिय समन्ब्य परिषदले उनको शव स्वदेश फर्काउने खेलेको भुमिकाको उच्च प्रशंसा गरेका थिए ।
त्यस्तै कार्यक्रमका अन्य बिशिष्ट अतिथीहरु गैर आवसीय नेपली संघ, राष्ट्रिय परिषद कतारका अध्यक्ष रमेश भट्ट , लुम्बिनी प्रदेश समन्व्य परिषद कतारका अध्यक्ष सजन लौदाडी , , परिषदका संरक्षक केबि हमाल , अर्घाखाँची सेवा समाजका अध्यक्ष बलराम पाण्डे , धनकुटा सेवा समाजका अध्यक्ष तिलबिक्रम मगर , पत्रकार तिलु शर्मा , सामाजिक अभियान्त सागर नेपाल , संरक्षक तथा सल्लाहकारहरु क्रमशः विजय बिक्रम बस्नेत, बाबुराम महत , भिम तरामु मगर , अर्जुन कुँवर, कमल खत्री, अच्युत पौड्याल , नारायण अर्याल , अमित गौतम सञ्चारकर्मी कुमार अविरल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
साधरण सभको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा नवनिर्वाचित महिला संयोजक सिर्सेनीकी कल्पना घर्तिको जन्म दिन पनि मनाईएको थियो । श्रमिकहरुका लोकप्रिय नेता तथा सफल ब्यबसायी झविन्द्र आर्चाको मृत्यु भएको बर्ष दिन पनि नपुगेकोले यस साधरण सभामा सांस्कृति कार्यक्रम राख्न नसएिको सहकर्मी महत बताउँछन ।
साधरण सभामा नवनिर्वाचित कार्य समितिको सपथ ग्र्रहण पछि नवनिर्वाचित अध्यक्ष मित्र बिएसले प्रतिबद्धत्ता मन्तब्य राखेका थिए ।
निर्वतमान अध्यक्ष कमल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सचिव तथा नवनिर्वाचित उपाध्यक्ष दर्शन सुनारको संचालन रहेको थियो ।
सन २००३ मा गुल्मी सेवा समाज कतारको वठन भएको । त्यसका संस्थापक अध्यक्ष रामकृष्ण केसी थिए । त्यस्तै प्रमुख संरक्षक बुद्ध पाण्डे, सदस्यहरु जुवाका द्रोणबहादुर बस्नेत , विजय विक्रम बस्नेत , शिव खडका लगायत थिए । संस्थापकहरुकै पाला देखि गुल्मी सेवा समाज कतारले गुल्मी जिल्लामा हुने विभिन्न विपदमा उद्धार कार्य देखि शैक्षिक र स्वास्थ्य क्षेत्रमा योगदान पुराउँदै आएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |