Smoking Causes Cancer

छतबाट खसेर गम्भीर घाईते पालुखा माविका प्रधानाध्यापक खत्रीको अझै होस खुलेन



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी , जेठ १५ । हिजो दिउँसो करिव २ बजेको समयमा बिद्यालयको छतमा निहुरिएको बाँस हटाउने क्रमममा सोही बाँसले हुत्याउँदै छतबाट खसेर गम्भीर घाईते भएको गुल्मीको इस्मा गाउँपालिका २ स्थित पालुखा माध्यामिक विद्यालयका प्रधानध्यापक बाबुराम खत्रीको होस पुर्णरुपमा अझै खुल्न सकेको छैन ।

त्यस बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष टोमलाल केसीकाअनुसार प्रधानध्यापक खत्रीलाई हिजो तत्काल गुल्मी अस्पतालमा ल्याईएकोमा त्यस अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा पठाएको थियो । त्यहाँ देखाएर भैरहवा मेडिकल कलेजमा लगिएकोमा खत्रीको अझै पुर्णरुपमा होस खुल्न नसकेको केसीले बताए । ‘बेला बेलामा हेर्दै बोल्न खोज्नु हुन्छ तर सक्नु हुन्न । टाउकाको सिटी स्क्यान गरिए त्यस्तो असर केहि देखिन्न ’’केसीले भने ‘शरिर बेस्सरी बज्रिएर होला । ’

खत्रीको घर धुर्कोट गाउँपालिका ४ गोपेगाउँमा हो । लामो समय देखि त्यस बिद्यालयमा पढाउँदै आएका खत्री हरेक काममा अरु शिक्षक स्टाफ वा बिद्यार्थीहरुलाई अह्राउनु भन्दा आफै काम गर्न कस्सिने ब्यक्ती हुन । होस नखुले पनि खतरा मुक्त रहेको डाक्टरले बताएको केसीले जानकारी दिए ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →