Hi-Speed Computer

Awareness Campaign

आममाफीको दुष्परिणामः यस्तो छ बुटवलमा विभत्स हत्या घटनाका आरोपी कोईरालाको नालिबेली



प्रेम सुनार
१ दिन अगाडि


       

Awareness

Place for ads

गुल्मी, जेठ १४: आज बिहान रुपेन्देहीको बुटवल उपमहानगरपालिका-११, होराइजन चोक नजिकै मिलिजुली पथमा एक महिलासहित २ बच्चाको विभत्स हत्या गरिएका व्यक्तिलाई सर्वोच्च अदालतले कैद भुक्तानीको चार बर्ष अघि नै कैद मिनाह माफी गराएको पाईएको छ।

आज बिहान करिब ४ बजेको समयमा हेम्बर र धारिलो हतियार प्रयोग गरी सम्बन्ध विच्छेद गरिएकी पुर्व श्रीमति ३१ बर्षीय दिपा बस्याल र उनका दुई छोरीहरु ७ बर्षीया स्नेहा र ४ बर्षीया नानी बस्यालको विभत्स हत्या गर्ने अन्दाजी ३० बर्षीय सुजन कोईरालाले २०६९ सालमा आफ्नै दाजुलाई पनि विभत्स हत्या गरेको सरकारी निकायले बताएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवनकुमार भट्टराईका अनुसार पाल्पा जिल्ला अदालतले उनलाई २०६९ साल माघ २४ गते कर्तब्य ज्यान मुद्धामा कारागार चलान गरेको थियो। जिल्ला अदालत पाल्पाका श्रेष्तेदार केशव पराजुलीका अनुसार उनले तानसेन नगरपालिका-७ को बाघखोर भन्ने स्थानका आफ्नै २५ बर्षीय अविवाहित माईला दाजु सुदिप कोईरालालाई २०६९ साल माघ २३ गतेका दिन धारिलो हतियारले चन्द्रघण्टी छिदाल्ने गरी घाँटी रेटेर विभत्स हत्या गरेका थिए।

Forest
Forest
Ad.

उनलाई त्यस अदालतले २० बर्ष कैद सजायको फैसला गरेको थियो। पराजुली भन्नु हुन्छ –‘कहिले कसरी उनलाई कैद सजाय मिनाह गरियो भन्ने कुरा पत्र नआएकोले हामीलाई थाहा छैन। जानकारीमा आए अनुसार उनलाई २० बर्ष बाट ४ बर्ष घटाएर सर्वोच्च अदालतले १६ बर्षमा झार्दै कैद सजाय मिनाह माफी गरेको बुझीएको छ।’

तानसेन नगरपालिका-७ का वडाध्यक्ष प्रदिप खनालका अनुसार उनले दिपा बस्याललाई तानेसन-६, बर्तुङ्ग नजिकबाट विवाह गरेका थिए। पछि उनिहरु बिच सम्बन्ध विच्छेद भएको थियो। वडाध्यक्ष खनाल भन्नु हुन्छ, ‘कारागार मुक्त भए पछि उनिहरुहरु बीच पुनः हेलमेल बढेको भन्ने सुनिन्छ तर नजिकबाट बुझन सकिएको छैन। पछिल्लो यस घटनाले हामी दुखी छौँ।’

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →