Smoking Causes Cancer

मोटरसाईकल दुर्घटनामा परी नवलपुरमा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

नवलपुर, जेठ १३: आज बिहान नवलपुरको मध्यविन्दु नगरपालिको अम्रसा जंगलमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको अबस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अम्रसा जंगलको भित्रिबाटो हुँदै चोरमार आउँदै गरेको ३ जना सवार लु ९ प ८११६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा वर्दघाट नगरपालिका ५ घर चोरमारामा टायल मार्वल सम्बन्धि काम गर्ने बषै २२ का रादिम मिधुन र बषै २४ का नविन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी मधु नेपालले हामीmलाई पठाएको प्रेस नोटमा उल्लेख छ।

त्यस्तै संगै काम गर्ने २८ वर्षीय मनिष घर्ती मगरको अवस्था गंभीर रहेकोले जनाईएको छ । चिप्लो बाटोमा तीन जना सवार होन्डाई साईसन मोटरसाईल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।

सिंचाई
Forest
Ad.

विहान ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाईते उनिहरुलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याईएकोमा ६ः३० बजे डाक्टरले दुबै जनालाई मृत घोषणा गरेका थिए । घम्भीर घाईते घर्तिलाई नयाँ मेडिकल कलेज भरतपुरमा रेफर गरि पठाईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो