गुल्मी, जेठ १० । गुल्मीको मुसिकोट नगरपालिका १ थामडाँडाको सरस्वती माध्यामिक बिद्यालयको ६८ औं बार्षिकउत्सब आज सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुसिकोट नगरपालिका वडा न १ का वडा अध्यक्ष आन्न्द श्रेष्ठले बोल्दै गाउँमा बसाईसराइ दर निकै बढेको भए पनि अहिलेसम्म बिद्यार्थी टिकाइ राखेकोमा धन्यवाद ब्यत गर्दै राज्यले बिद्यार्थी नहुदा दरबन्दी ब्यस्थापन गर्न नसक्ने भन्दै बिद्यार्थी टिकाउ राख्न आग्रह गरेका थिए । त्यस्तै वडाध्यक्ष श्रेष्ठले त्यस विद्यालयको शैक्षिक विकासका लागि वडा कार्यालय सदैब साथमा रहेको समेत बताए ।
कार्यक्रम बिधालयका पुर्व अध्यक्ष रामराज घिमिरेल, अर्का पुर्बहरु क्रमशः रामराज घिमिरे , चेतनारायण घिमिरे , पुर्ब शिक्षक मोहनलाल घिमिरे , बिष्णु खरेल , समाजसेवी पोमानन्द खरेल , भिमलाल खरेल , सुचनाको हक सम्बन्धि राष्ट्रिय महाशंघका लुम्बिनी प्रदेश सचिब महादेब खरेल , समाजसेवी हरि केसी लगायका बिशेष अतिथीहरु शुभकामना मन्तब्ष् राखेका थिए । कार्यक्तममा बिद्यार्थीहरुले गित नृत्य , खेलकुद सहित विभिन्न अतिरिक्त कृयाक्लाव मार्फत मनोरञ्जन प्रदान समेत गरेका थिए ।
बार्षिकोत्सव समारोहमा त्यस विधालयका प्रधानाध्यापक रोमकान्त खरेलले बार्षिक प्रगति विवरण प्रतिवेदन पेश गरेका थिए । उनले त्यस विद्यालय २०१६ सालमा स्थापना भएको बताउँदै ६७ बर्ष पार गरी ६८ औ बर्षमा पार गर्ने अवस्थामा आई पुग्दा यहाँ सम्म पुराउन योगदान पुराउने महानुभावलाई कृतज्ञता जाहेर गरेका थिए ।
६७ बर्ष पुरानो ईतिहास बोकेको त्यस बिद्यालयमा केहि बर्ष अघि पहिलो पटक दलित समुदायबाट चुनाव लडेरै त्यस बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस विद्यालय ब्यबस्तथापन समितिका अध्यक्ष निम बहादुर केसीकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिक भिमलाल घिमिरेको स्वागत मनतब्य सहायक प्रधानाध्यापक केशब घिमिरेको सञ्चालन रहेको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







