Hi-Speed Computer

Awareness Campaign

तम्घासको रेसुङ्गा माविले प्राप्त गर्यो अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्हको लोगो



प्रेम सुनार
३ दिन अगाडि


Awareness

Place for ads

गुल्मी , जेठ १० । गुल्मीकोु सदरमुकम तम्घासमा रहेको रेसु्ङ्गा माध्यामिक विद्यालयले अन्तराष्टिय शैक्षिक गुणस्तर चिन्हको लोगो प्राप्त गरेको छ । त्यस विद्यालयलाई स्वजरल्याईण्डको जेनेभामा रहेको अन्तराष्टिय संस्था आईएसओ नामक संस्थाले अन्तराष्टिय शैक्षिक गुणस्तर चिन्हको लोगो हस्तान्तरण गरेको हो ।

लोगो हस्तान्तरण कार्यक्रममा त्यस बिद्यालयले स्थापना कालको ५७ बर्ष पछि अन्तराष्टिय शैक्षिक गुणस्तर चिन्ह प्राप्त गर्ने अवसरमा पुग्नु भनेको पाउनु नयाँ बर्ष २०८२ त्यस बिद्यालयको गौरवमय स्वर्ण बर्ष बनेको भन्दै कार्यक्रमका बक्ताहरुले खुशी ब्यक्त गरे । २०२५ सालमा सामुदायबाट प्राथामिक बिद्यालयका रुपमा स्थापना भएको रेसुङ्गा माध्यामिक बिद्यालयले धेरै आरोह अबरोह पार गर्दै आएको र सामुदायिक बिद्यालयहरुमा गुणस्तरिय शिक्षा हु्ँदैन भन्ने मानसिकतालाई चिर्दै अगाडी बढन सफल भएको निवर्तमान प्रधानध्यापक प्रेम नारायण भण्डारी लगगायतका बक्ताहरुले बताए ।

कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको रोहबरमा त्यस बिद्यालयलाई आईएसओ नेपालका प्रतिनीधि सुदिप केसीले उक्त चिन्हको लोगो हस्तान्तरण गरेका थिए । आईएसओ नामक संस्थाले नेपालमा ग्लोबल क्वालिटी काउन्सिल मार्फत यहाँका शैक्षिक संस्थाको अधायन गर्दै मापदण्ड पुरा गर्ने सामुदायिक र संस्थागत बिद्यालयलाई शैक्षिक गुणस्तर चिन्हको ग्रिन कार्डका रुपमा उक्त लोगो प्रदान गर्ने गर्छ ।

Forest
Forest
Ad.

कार्यक्रममा प्रमुख अतिथी मेयर पन्थीका अलवा बिशेष अतिथी रेसुङ्गा नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापा , बिद्यालय ब्यबस्थपन समितिका पु्र्व अध्यक्ष भुवनप्रसाद श्रेष्ठ , पुर्व अध्यक्ष जयश्वर पन्थी, निवर्तमान प्रधानध्यापक प्रेमनारायण भण्डारी, पुर्व शिक्षक अभिभावक संघका कार्यकारी समितिका कार्यबाहक अध्यक्ष मेघप्रसाद पोखरेल, पुर्व बिद्यार्थी मञ्चका अध्यक्ष उक्तमराज मरासिनी , अन्य विभिन्न ओहदाका जनप्रतिनिधी , ब्यवस्थपन समिति र शिक्षक अभिभावक संघका विभिन्न पदाधिकारीले त्यस अवसरमा बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।

त्यस अवसरमा गत बर्षको विभिन्न कक्षाको परिक्षामा उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने बिद्याथीहरुलाई पुरस्कृत समेत गरिएको थियो । पुरस्कार वितरण तथा अन्तराष्टिय शैक्षिक गुणस्तर चिन्हको लोगो हस्तान्तरण कार्यक्रममा प्रधानध्यापक भागिरथ भण्डारीले कार्यक्रमको प्रगतिबारे प्रकाश पादैं अभिभापक , शिक्षक स्टाफहरुको अथक प्रयासबाट विद्यालय यो अवस्थामा आई पुगेको प्रति गर्व महसुस भएको बताएका थिए ।

रेसुङ्गा माध्यामिक बिद्यालय गत बर्षको एसईई परिक्षामा सबै भन्दा बढि ८३ जना बिद्यार्थी सहभागी बनाउने बिद्यालयमा परेर रेसुङ्गा नगरपालिकाबाट सम्मानित भएको थियो । त्यस्तै कक्षा १२ को परिक्षामा वन जिपिए अर्थात जिल्लामा सबै भन्दा उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने बिद्यालयको पंक्तीमा आफुलाई उभ्याउन सफल भएको थियो ।
विज्ञान र ब्यवस्थापनका अलवा त्यस बिद्यालयमा कक्षा ९ देखि १२ सम्म शिविल ईन्जिनिरिङ्ग बिषयको पढाई हुने गरेको छ । कुनै दिन सामन्य टहरामा रहेको त्यस बिद्यालय ठुलाठुला सहरका सुविधा सम्पन्न बिद्यालयहरुको जस्तै वातरवरणीय हैसितमा पुगेको छ । त्यस बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य राधा पन्थीको स्वागत मन्तब्य र सहायक प्रधानध्यापक रामबहादुर बस्नेतको सञ्चालन रहेको थियो ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →