Hi-Speed Computer

Awareness Campaign

गुल्मेली बुहारीहरू नौमती बाजामा आकर्षित



टोपलाल अर्याल
१ महिना अगाडि


Awareness

Place for ads

रेसुङ्गा: गुल्मीदरबार-३ की गङ्गा खासुले सहनई बजाउनुहुन्छ। यो सबैभन्दा अप्ठ्यारो बाजा हो। समूहमा खासुले बाहेक अरूले सनई बजाउँदैनन्। उहाँले भर्खर नयाँ भएकाले भाका फेर्न नसके पनि काम चलाइरहेको सुनाउनुभयो।

सोही गाउँकै बिना पुलामी र हिमकुमारी भुसालले नर्सिङ्गा र कर्नाल पालो गरेर फुक्नुहुन्छ । दिनभर बजाउँदा मुख दुख्ने, सजिलो भने पक्कै छैन । मुक्तिसरा खासुको ढोलकी र मैसरा पुलामीको टेम्कुडीसँगै समूहकी सबैभन्दा जेठ ५९ वर्षीय ज्ञानुमाया बस्नेतले झ्याली बजाउँदै हिँड्नुहुन्छ । समूहमा तीन जनाले दमाहा बजाउनुहुन्छ ।

गुल्मीदरबारका महिला समूहले बजाएको नौमती बाजाले गुल्मीका विभिन्न मेला महोत्सवमा सबैको ध्यान खिच्न थालेको छ । समूहले बाजा बजाउन थालेका वर्षदिन भए । लामो समयदेखि बाजा बजाउँदै आएको परियार समुदायमा नौमती बाजा बजाउने कला युवामा पुस्तान्तरण नहुँदा लोप हुने अवस्था रहेको छ ।

Forest
Forest
Ad.

अहिले फरक समुदाय नै बाजा बजाउन सक्रिय देखिन्छन् । त्योमध्ये पनि महिलाहरूको समेत नौमती बाजातर्फ आकर्षण बढिरहेको छ । गुल्मीदरबार–३ को देवीस्थान स्वास्थ्य आमा समूहलाई गाउँपालिकाले बाजा खरिद गरिदिएको छ ।

बाजासहित तालिम पनि पाएपछि दिदीबहिनीहरू उत्साहित भएर बाजा बजाउन हिँड्ने समूहको अध्यक्षसमेत रहनुभएकी गङ्गा खासुले बताउनुभयो । उहाँले धेरै ठाउँमा बाजा बजाउन पुगे पनि तोकेर पैसा नमागेको बताउनुभयो ।

महिलालाई दिनभर घरको काम छोडेर बजाउन हिँड्नुपर्ने भएकाले सहज छैन । त्यो माथि पितृसत्तात्मक सोचका कारण महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको छ । अधिकांश बुहारी भएकाले सुरु सुरुमा जुटाउन र घरबाट निस्कन निकै चुनौती भए पनि अहिले सहज बन्दै गएको दमाहवादक लीला थापाले बताउनुभयो ।

आफूलाई कमाउने लोभ नभएर संस्कृति संरक्षण र महिलाले गरे के हुँदैन भन्ने सन्देश दिनकै लागि बाजा बजाउँदै हिँडेको थापाको भनाइ थियो ।

Awareness by SKF

त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिका–१ का जनजाति बुहारी पनि अहिले नेपाली समाजमा लोप हुन थालेको नौमती बाजालाई अर्थोपाजनको गतिलो आधार बनाउन कस्सिएका छन् । नयाँगाउँका वर्षीय वसन्ता र दीपा थापा देउरानी–जेठानी हुनुहुन्छ । अहिले वसन्ताले सनइ र दीपा ढोलक बजाउँदै हिँड्नुहुन्छ ।

सोही गाउँकै सरस्वती मगरले पनि सनई फुक्नुहुन्छ । जनजाति समूहका ११ जना नै बुहारी हुनुहुन्छ ।कार्यपालिका सदस्य प्रेम मुखियाले जनजातिलक्षित बजेटबाट जनजाति नौमती बाजा समूह धुर्कोट गाउँपालिका–१, नयाँगाउँ र वडा नं. ३ हाडहाडेका महिलालाई बाजा बजाउने तालिम र बाजा उपलब्ध गराएको जानकारी दिनुभयो ।

यो समूह पनि धेरै ठाउँमा बजाउन पुगेको छ । समूहकी सचिव दीपा थापाले आफूहरूले सिक्दै पनि रहेकाले १५ देखि १७ हजारसम्म पारिश्रमिक पाउँदै आएको बताउनुभयो । त्यस्तै सत्यवती गाउँपालिका–४, लिम्घाका महिलाहरूले समेत समूहमार्फत नौमती बाजा बजाउन थालेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →