Hi-Speed Computer

Awareness Campaign

भ्रष्टाचार काण्डमा आफुहरु समातिने डरले अहिलेको सरकार बनेको हो: नारायणकाजी श्रेष्ठ



प्रेम सुनार
१ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी, बैशख ३: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्टले यस अघि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारी, बिचौलिया एकपछि अर्को हुँदै धमाधम पक्राउ गर्दै जेल कोच्न थाले पछि आफुहरु पनि समातिने डरले दुई ठुला पार्टी एमाले र कांग्रेस मिलेर रातौरात सरकार ढलाएर आफुहरुको सरकार बनाएको आरोप लगाएका छन्।

मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा वाईसियल नेपाल गुल्मीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताउनु भएको हो । उनले भने–‘यो ससरकारले जसरी हुन्छ भ्रष्टचारलाई रक्षा गर्ने, भ्रष्टचारीलाई प्रोत्साहित गर्ने र छुट दिने यो सरकारको बिशेषता हो ।’

गभर्नर नियुक्तीको प्रशंगले नै यो सरकार भाग बिलोमा कमिशनको खेलमा छ भन्ने कुरा स्पष्ट पारेको र लज्जाको विषय बनेको उनको अर्को आरोप दियो ।

Forest
Forest
Ad.

श्रेष्ठले थपे –‘म आफु गृहमन्त्री हुँदा सुराकीका नाममा गृहमन्त्रीले महिनाको १५ लाख सम्म कुम्लाउने गरेको र अन्य सुरक्षा निकायका मानिसहरुले पनि जनताको खुन पसिना चुसे झैं अरबौ कुम्लाउने गर्ने गरेको कुरालाई मैले अन्त्य गरें । त्यस्तै आफुहरु सरकारमा छँदा ललिता निवास, बाँसबाी छालाजुत्ता लगायत सरकारी जग्गामा विभिन्न ब्यक्तिहरुले अवैध रुपमा भोग चलान गर्दै आएको अरबौको सरकारी सम्पत्ती राज्यका नाममा लिएको र धमाधम पुर्वमन्त्री लगायत जुन सुकै ओहदाका भ्रष्टचारी , विचौलियाहरुलाई पक्राउ गदै गएको , भुटानी शरणार्थी काण्डको फायल खोलेकोले एमााले कांग्रेसका ठुला नेताहरु आफुहरु पनि समातिने डरले आफुहरुले प्रचण्ड नेतृत्वको सरकार ढाल्नु परेको औपचारिक कार्यक्रममै बताउन थालेको सुनिहालियो ।

उनले वाईसियल नेपाल जनताको हरेक प्रकारको विपदको घटनामा जुटन निर्देशन दिए ।

कार्यक्रममा वाईसियल नेपालका केन्दिय सचिव ठाकुर शौराग, कोषाध्यक्ष सन्तोष पनेरु, केन्द्रिय सदस्यहरु नारायण चन्द , हरिश गिरि , माउपाटी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सिर्जना तरामुख , प्रदेश कमिटी सचिवालय सदस्यहरु बुद्धि जिसी, युवराज केसी, लिाला थापा, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , सचिव अशोक थापा, अनेम संघ क्रानितकारीकी प्रदेश कमिटी सचिव गिता थापा , प्रदेश कमिटी सदस्य बेगमबहादुर चन्द , अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किशन पाण्डे लगायतका नेताहरुले मन्तब्यका क्रममा जिल्लाका १२ वटा पालिका मध्ये माओवादी नेताहरुले नेतृत्व गरेका धुर्कोट, मालिका , रुरुक्षेत्र र चन्द्रकोट सहित ४ वटा पालिकाले गरेको विकास झै अरुले गरेर देखाउन चुनौती दिएका थिए ।

उदघाटन सत्रमा नृत्व मार्फत मनोरञ्जन प्रदान समेत गरिएको थियो । त्यस्तै खेलाडीहरुले मार्शल आर्ट समेत प्रदर्शन गरेका थिए ।

Awareness by SKF

उदघाटन सत्र पछि बन्द सत्र चलिरहेको छ । बन्द सत्रले निर्वाचन समिति बनाएर नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

वाईसियल नेपाल गुल्मीका निवर्तमान अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रमा सचिव गोविन्द हिताङ्गको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →