गुल्मी: बडिगाड खोलामा हिजो माछा मार्न गएका गुल्मीका एक व्यक्ति आज बिहान मृत भेटिएका छन। जिल्लाको छत्रकोट गाउँपालिका २ दाँइछाप बुटिलगाँउ निवासी ४५ वर्षीय ज्ञान बहादुर राकस बडिगाड खोलामा मृत अवस्थामा फेला परेका हुन।
उनको मृत्यु घटनाको पुष्टी जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले गरेका हुन।
राकसको शव मंगलबार बिहान जिल्लाको छत्रकोट गाउँपालिका-१, बोटेगाउँको रेग्दी छहरा स्थित बडिगाढ खोलाको किनारमा घोप्टो अवस्थामा मृत फेला परेको थियो । सोमबार अपरान्ह घरबाट माछा मार्न भनि खोलामा गएका राकस राती अबेरसम्म पनि घरमा नफर्केपछि परिवारद्वारा उनको खोज तलास गरिएको थियो।
चन्द्रकोट गाउँपालिका –७ का स्थानीय जिवन माझीले मंगलबार बिहान अचानक खोलामा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीमा जानकारी गराएका हुन । घटनाको जानकारी पाएपछि श्रृङ्गा र रिडीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सोमबार मध्यान्हपछि गुल्मीमा हावाहुरी सहित भिषण वर्षाद भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |