Clean Water Campaign

Awareness Campaign

श्रीमती ‘सिमा’ सम्पर्कविहन भए संगै सुदन सास्तीमा



प्रेम सुनार
३ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, बैशाख २९: कुनै समय छिमेकी र अन्यले देख्दा लोभ लाग्दो सुखद दाम्पत्य जिवन बिताएको बताईने गुल्मी खज्र्याङ्गका सुदन श्रेष्ठको अबस्था अहिले बेहाल छ । उनकी श्रीमति अप्सरा गत तीन महिना देखि उनि संग सम्पर्कविहन भए पछि उनको अवस्था बेहाल बनेको हो।

‘माईत जान्छु भनेर हिडेकी मेरी बुढि तिन महिना देखि सम्पर्कविहिन भईन, मेरा दुई छोराछोरी र म बिचल्लीमा परेका छौं , म के गरौं दाई, मेरो बुढीलाई कसरी खौजौं ? मैले केहि उपाय नलागेर तपाईको मिडियाको सहयोग लिन फोन गरेको हुँ, यस्तो कुरा गर्दै सुदनले दिनहुँ जसो गला अवरुद्ध पार्दै फोन गर्ने गरेकोले हामी हिजो उनका बाबु आमा संग बुझन घर मै पुगेका थियौं । सुदनका बाबु आमा संग बुझदा यी दम्पत्तीको प्रेम विवाह र अहिलेको बिछोड कुनै चलचित्रकै जस्तो देखियो ।

सुदनका बाबु द्वारिकाप्रसाद श्रेष्ठका अनुसार छोरा सुदन बुहारी हराएको केहि दिन सम्म कतै आत्माहत्या गर्ने हो कि वा अन्य कुुलतमा फस्ने हो भन्ने अबस्थामा पुगेका थिए । श्रेष्ठले भने –‘म हेडमास्टरको जागिरबाट पेन्सन निस्केर बेरोजगार कान्छो छोरा सुदनलाई स्वरोजगार बनाउन पेन्सनबाट आएको पैसाले १५ लाखमा बस किनिदिएँ र बस चलाउन थाल्यो ।

सिंचाई
Forest
Ad.

त्यसै बसले बुहारी भित्रायो , अनि त्यसै बसले बुहारी सम्पर्कविहिन बनायो । हामीले बुहारीको नाम सिमा भनेर पुकारे पनि उनको वास्तविक नाम अप्सरा अर्याल हो र मेरो छोरा संग विवाह भए पछि अप्सरा अर्याल श्रेष्ठ नागरिकतामा छ । फागुन २७ गते माईत जान्छु भनेर हिडेको छोराले बताउँछन । उनिहरु बीच के विवाद परेको हो हामीलाई थाह भएन , उनि सम्पर्कविहन भएको करिव एक महिना पछि उनको माईती घर चारपाला पुगेको हुँ । त्यहाँ पुग्दा बाबु आमा लगायतका परिबारजनले त्यहाँ नआएको बताउनु भयो ।

चैत्र तिन गते जिल्ला प्रहरी कार्यालयमा उहाँहरुले छोरी खोज तलासका लागि निवेदन हाल्नु भएको रहेछ र हामी पुगेका थियौं , त्यहाँ उहाँहरु आफैले फोन गर्दा बुहारीले म दुबई आईपुगेको छु, मलाई फोन नगर्नु भने पछि हामी छाँगा बाट खसे झै भएका छौं । ’

श्रेष्ठले त्यसो भनिरहँदा उनकी श्रीमति मिना श्रेष्ठले बर्बरी आँशु खसाई रहेकी थिईन । रुँदै उनले भनिन् ‘छोरा बुहारीको चाहना अनुसार हामीले बेग्लै घरमा राखेका थियौं । उनिहरु खुशी देखिन्थे र राम्रै लाग्थ्यो । तर एक्कासी बुहारी बेपत्ता भए पछि यी नातिनातिनाहरु टुहुरा चल्ला जस्ता हुँदा मैले रोएर दिन बिताएकी छु , खै यिनीहरुको के मति बिग्रियो यो अबस्था आयो , बुहारी जहाँ पुगे पछि यी छोराछोरी सम्हाल्न आई दिए हुन्थ्यो भन्छु म । ’

त्यस्तै सुदनको आरोप यस्तो छ – २०७२ सालमा मैले लु १ ख २१६७ नम्बरको बस किने । त्यस बसमा आवतजावत गर्ने क्रममा उनि चारपालकै स्कुलमा पढन जाने आउने क्रममा लभ प र भागि विवाह गरियो । उनकै लागि मैले बाबु आमा त्यागेर बैग्लै घरमा बसे । कम्तीमा महिनाको दुई लाख बसबाट हुने कमाई मैले उनलाई बुझाउँथे ।

Awareness by SKF

यहि क्रममा हामी बीच गम्भीर प्रकारको विबाद र्सिजना भयो । त्यही क्रममा उनि हिड्नको अघिल्लो दिन राती विगतको प्रेम सम्बन्ध संगै दाम्पत्य जिवनकै सबै भन्दा मिठो सम्वन्ध रह्यो । उनि सल्लाह गरेरै फ्रेस हुन्छु भनेर हिडेकी हुन । मैले फोन गर्दा राम्रै बोलेकी थिईन । त्यस पछि फोन सम्पर्क हुन छाडेको बेला चैत्र २ गते छोरी संग फोन कुराकानी भयो तर म संग भने सम्पर्क गर्दिनन् ।

उनका अनुसार २०७३ सालमा गुल्मीदरबार गाउँपालिका ६ चारपालास्थित एक प्रतिष्ठित परिवारकी छोरी अप्सरा संग उनको विवाह भएको थियो । १० बर्षकी एक छोरी र ६ बर्षका एक छोरा छन । उनले लाखौं कुम्लाएर श्रीमति बेपत्ता भएको आरोप लगाए । यस बिषयमा अप्सराका भाई संग बुझ्न खोज्दा फोन उठने । यसर्थ त्यस गाउँका बासिन्दा तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका ईश्वरी परियार संग बुझ्दा अप्सरा दुबई पुगेको जानकारी दिए ।

उनले भने उनिहरु बीच विवाद कहाँ बाट सुरु भयो भन्ने कुरा हामीलाई थाह भएन । पछिल्लो चरण उनका श्रीमानले उनको कपडा जलाई दिदै समाजिक सञ्जालमा पोष्ट गर्ने लगायतका विभिन्न प्रकारको पिडा दिने गरेकोले उनि असाध्धै पीडित भएर उनि दुबई हिडेकी हुन । नेता परियारको भनाई अनुसार सुदनले पिडा दिएरै श्रीमति दुबई जान बाध्य भएको भनिए पनि अहिले उनै सुदन श्रीमतिको मायाले छटपटिएको देखिन्छ र उनलाई आफ्नो सम्पर्कमा ल्याउन निकै ठाउँमा सस्ती खेप्दै आएका छन ।

नेता ईश्वरी परियारले राहदानी बनाउँदा सुदन संग अप्सराले कुनै नाता सम्बन्ध नराखेको आफुले जानकारी पाएको बताए पनि हेरौं जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राहदानी बनाउनु पुर्व आबश्यक पर्ने कागजात अर्थात विवाह दर्तामा सुदनकै श्रीमतिका नाता सम्बन्ध उल्लेख छ । हामीले उनै अप्सरा संग सम्र्पक गर्न निकै कोशिस गरे पनि सम्पर्क हुन सकेन । उनको पनि आफ्नै पीडा वेदना हुन सक्छ , उनले चाहे आगमी दिनमा राख्नै नै छौं ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →