Clean Water Campaign

Awareness Campaign

मृत्युको ८६ वर्ष पछि नातीहरुले हजुरबुवाको योगदानलाई जिवित पारे



प्रेम सुनार
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: पश्चिम गुल्मीको शैक्षिक धरोहर मानिने धुर्कोट गाउँपालिका-५, वस्तुको हिमालय माध्यमिक विद्यालयलाई आजको स्थानसम्म ल्याई पुर्याउने त्यस समाजका अग्रजहरु मध्ये एक थिए स्वर्गीय कुलबहादुर श्रेष्ठ। उनको मृत्यु भएको पनि ८६ बर्ष पुगेको छ। उनै श्रेष्ठका नातीपनातीहरुले त्यस विद्यालयको शैक्षिक विकासका लागि २० लाख रुपैयाँ शनिबार सहयोग हस्तान्तरण गरेर हजुरबुवाले त्यस विद्यालयलाई पुर्याएको योगदानलाई पुनर्जिवित पारेका छन।

वस्तु हटियाका स्वर्गीय कुलबहादुर श्रेष्ठका कान्छा छोरा स्वर्गीय जनकलाल श्रेष्ठ र देविलक्ष्मी श्रेष्ठका छोराहरुले हजुरबुवा र बाबुले त्यस विद्यालयलाई पुर्याएको योगदानलाई उक्त सहयोग गरेर पुनर्जिवित पारेका हुन।

हजुरबुवा कुलबहादुर र बाबु जनकलालले जिवित छउञ्जेल त्यस विद्यालय स्थापना गर्न देखि वृद्धि विकासमा ठुलो योेगदान पुर्याउँदै आएका थिए। उनका छोरा नातीहरुले पनि सोही विद्यालयमा पढेका थिए। हिमालय माविको शैक्षिक विकासमा त्यस श्रेष्ठ परिवारले पुर्याएको योगदानको सम्मान स्वरुप कुलबहादुर श्रेष्ठको शालिक त्यस विद्यालयले स्थापना गरेको छ। शालिकको शनिवार एक समारोहका बीच धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अनावरण गरेका थिए।

सिंचाई
Forest
Ad.

सोही समारोहमा उनका नातिहरुले विद्यालयको शैक्षिक विकासका लागि २० लाखको चेक हस्तान्तरण गरेका हुन।

उक्त सहयोग हस्तान्तरण गर्न स्वर्गिय कुलबहादुर श्रेष्ठका दुई नातिहरु रुपेश कुमार श्रेष्ठ र राजेन्द्र कुमार श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ, जवहारलाल श्रेष्ठ र पलातीहरु धिरेन्द्रकुमार श्रेष्ठ, ऋषिकुमार श्रेष्ठ, दिलिपकुमार श्रेष्ठ आईपुगेका थिए। पुर्ख्यौली घर वस्तु हटिया छाडेर २०२८ सालमा कपिलवस्तुको वाणगंगामा श्रेष्ठ परिवार बसाईसराई गरेपनि पुर्खेयौली घर जमिन बेचेका छैनन्।

पुर्खाको चिनो, आफु जन्मेको माटोको माया बसाउँछ भन्दै नबेचेका उनिहरुले आफुले बढेको विद्यालयलाई पनि सम्झिन पुगे। ‘२‌०२९ सालको एसएलसी हिमालय माविबाटै दिएको हुँ।’ कुलबहादुरका नाती तथा जनकलालका जेठा छोरा रुपेशकुमार श्रेष्ठले गला अवरुद्ध पार्दै भने, ‘कर्मथाले जहाँ बनाएर पुगे पनि आफु जन्मे हुर्केको माटो भुल्न कहाँ सकिन्छ र? सधै सम्झना आईरहन्छ। आज झण्डै ५२ बर्ष यो विद्यालयमा पाईला टेक्न पाउँदा असाध्यै ‌भावुक भएको छु।’

Awareness by SKF

उनका भाई राजेन्द्रकुमार श्रेष्ठ गत २५ बर्ष देखि सपरिवार लण्डनमा बस्छन। उनी पनि दाजुकै जस्तो भावुक हुँदै हजुरबुवा कुलबहादुर र बाबु जनकलालले त्यस विद्यालयलाई पुर्याएको योगदानलाई सम्झेर शालिक स्थापना गरिदिएको प्रति कृतज्ञता ज्ञापन गरे। कार्यक्रममा आएका उनिहरु सहित स्वर्गिय कुलबहादुरका सम्पूर्ण सन्ततीहरुलाई सो विद्यालयले प्रमुख अतिथी गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल र विशेष अतिथी उपाध्यक्ष सिता गिरीको हातबाट सम्मान गरेको थियो। त्यस्तै धुर्कोट वडा कार्यालयको तर्फबाट वडाध्यक्ष केशवराज भण्डारीले मायाको चिनो कोरुवा प्रदान गरेका थिए।

स्वर्गिय कुलबहादुर श्रेष्ठका पुर्खाहरु भक्तपुरमा बसोबास गर्दथे। पछि बुटवल पाल्पा र गुल्मीको रिडी हुँदै विक्रम सम्वत १९६५ सालमा धुर्कोट वस्तुमा आए व्यापार सुरु गरे पछि उनिहरु बस्ने थलो कै नाम हटिया बन्न पुगेको लगायतको ईतिहास तयार पार्नु भएको छ हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले। श्रेष्ठ धुर्कोट वस्तुमा आए देखि बजारीकण सुरु हुनुका साथै त्यहाँको शैक्षिक विकासले फड्को मार्न सुरु गरेको भण्डारीले लेखेको ईतिहासमा उल्लेख छ।‌

विक्रम सम्वत १९२२ सालमा पाल्पामा जन्मिएका कुलबहादुर श्रेष्ठको १९९६ सालमा धुर्कोट वस्तुमा स्वर्गारोहण भएको थियो। उनका तीन भाई छोराहरु मध्ये जेठा गोपाल प्रसाद श्रेष्ठको २०६५ सालमा मृत्यु भएको थियो। उनि जनप्रिय राजनीतिककर्मी थिए। उनी लामो समय सम्म तत्कालिन वस्तु गाउँ पञ्चायतको प्रधानपञ्च रहेका थिए। उनी पनि हिमालय माविका संस्थापकहरु मध्ये एक थिए।‌

माईला छोरा ईन्द्रलाल श्रेष्ठको मृत्यु २०७१ सालमा भएको थियो। उनी पनि वस्तुका अगुवा समाजसेवीहरु मध्ये एक गनिन्थे। कान्छा छोरा जनकलालको मृत्यु २०५८ सालमा भएको थियो। उनलाई स्थानीय बुढापाकाहरुले उनि मरे पनि समाजमा उनले पुर्याएको योगदान कहिल्यै ‌नमर्ने बताए। कार्यक्रमका प्रमख अतिथी पोख्रेल, विशिष्ट अतिथी गिरी, वडाध्यक्ष भण्डारी, त्यस विद्यालयका पुर्व अध्यक्ष नन्दराम भण्डारी, वर्तमान अध्यक्ष लोकहरि भण्डारी, प्रधानाध्यापक भण्डारीले पनि मन्तव्यका क्रममा श्रेष्ठ परिवारले त्यहाँको शैक्षिक विकासमा पुर्याएको योगदानलाई निरन्तरता दिदै उनका नाती, पनातीहरुले यसरी विद्यालयलाई बिसौँ लाख रुपैयाँ सहयोग गरेको प्रति धन्यवाद दिएका थिए। त्यस विद्यालयका शिक्षक धर्मराज रिजालले स्वर्गिय कुलबहादुर श्रेष्ठको मृत्यु भएको ८६ बर्ष पछि नाती, पलातीहरुले उनको योगदानलाई निरन्तरता दिनु उनिहरुको ऐतिहासिक कार्य रहेको प्रतिकृया दिए।

कक्षा ८ का छात्र नविन घिमिरेले भने, ‘स्वर्गिय कुलबहादुर श्रेष्ठको शालिक अनवरणको आज पर्दा उघारिएको होईन, उहाँले यस विद्यालयमा पुर्याएको योगदानको ऐतिहासिक पर्दा उघारिएको हो। उहाँहरु जस्ता अग्रजहरुले त्यसरी योगदन नगरेको भए आज हामी यो स्थान सम्म आई पुग्ने थिएनौँ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →