Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा एसइईको उत्तरपुस्तिका परीक्षण सुरु



ओझेलका खबर संवाददाता
३ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। आन्दोलनरत शिक्षक र सरकारबिच सहमति भएपछि उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण गर्नका लागि अभिमुखीकरण गरिएसँगै उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेका अनुसार तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयमा सचिवालय खडा गरी उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको छ । अनिवार्य, ऐच्छिक र प्राविधिक विषयका गरी ३० हजारभन्दा बढी उत्तरपुस्तिकाहरू परीक्षणका लागि आएका गुल्मी आएका छन् ।

नियमित र एक्जाम्टेडका उत्तरपुस्तिका रहेको उहाँले बताउनुभयो । उत्तरपुस्तिका परीक्षणका लागि अहिले ४० जना शिक्षकहरू सहभागी हुनुभएको छ । शिक्षकहरु थपिने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्राविधिक सहायक रामप्रसाद पन्थीले बताउनुभयो ।

Forest
Forest
Ad.

परीक्षण गरेबापत शिक्षकहरूले प्रति उत्तरपुस्तिका २५ रुपियाँ पाउने र समपरीक्षण गरेबापत प्रति उत्तरपुस्तिका छ रुपियाँ पाउने उहाँले बताउनुभयो । उत्तरपुस्तिकाको परीक्षण सकेपछि समपरीक्षण गरिने बताइएको छ । जेठ महिनाको पहिलो हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण र समपरीक्षण कार्य सम्पन्न गरिने कार्यालयले जनाएको छ। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो