Hi-Speed Computer

Awareness Campaign

चन्द्रकोटको आँखा उपचार शिविरबाट अन्धकारमा बाँँचेकाहरुले देखे उज्यालो



प्रेम सुनार
३ हप्ता अगाडि


       

Awareness

Place for ads

गुल्मी बैशाख १७ । गुल्मी भार्सेका ८६ बर्षीया चन्द्रमणि भण्डारी आँखामा मोतिया विन्दुको विमारले बर्षऔं देखि अध्यारो संसारमा बाच्न बाध्य भएका थिए । तर जब उनको यहि बैशाख १६ गते गुल्मी कै शान्तिपुरमा उनको आँखामा मोतिया विन्दुको अप्रेशन गरियो त्यस पछि भने उनले उज्यालो देख्दै औधी खुशी प्रकट गरे ।

विगतमा उनी जस्तै अन्धकार जिवन जिउँदै आएका बाग्लुङको बरेङ गाउँपालिका ५ सुखौरा का सोही उमेरका लाल बहादुर क्षेत्रीले पनि संगै मोतिया विन्दुको अप्रेशन गरे पछि उज्यालो संसार देख्न पाउनुे भएका छन । उनी जस्ता मानिसहरुलाई बर्षऔं देखि नेत्रहिन भएर कष्टकर जिवन जिउँनुको पीडा बाट मुक्त हुनु पाउने बातररण सिर्जना गरेको थियो गुल्मीको चन्द्रकोट गाउँपालिकाले ।

यहि बैशाख १५ र १६ गते दुई दिन सम्म त्यस पालिकाले शान्तिपुरमा आयोजना गरेको निशुल्क आँखा जाँच तथा मोतिया विन्दुको अप्रेशन शिविरमा त्यस पालिकाका आँखाका रोगीहरुले मात्रै उपचार पाएनन, छिमेकी पालिका सत्यवती ८ भार्सेका उनै भण्डारी र छिमेकी जिल्ला बाग्लु सुखौराका बृद्ध क्षेत्रीले समेत आँखामा ज्योति पाए ।

Forest
Forest
Ad.

मोटरबाटो लगायतको भौतिक विकासलाई मात्र विकास मान्ने हिजोको केन्द्रिकृत राज्य प्राणालीबाट गाउँका जनता कोही त्यसरी बर्षऔं सम्म अन्धकारमा त कोही अनेकन रोग बिमारले कष्टकर जिवन जिउँदै आएका थिए । जब संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तब देखि अपेक्षिँत नसहि धोरै भए पनि स्थानीय सरकार नजिकको सिंहदरबार बनेको यी र यस्तो सेवा प्रवाहबाट पनि स्पष्ट हुन्छ । करोडौं लाखतको भौतिक पुर्वधार विकास ठुलो देखिन्छ । तर जनताको जिवन स्वास्थ्य राख्ने सानातिना कुराले जनतामा ठुलो प्रभव पार्छ । भौतिक पुर्वधारको विकास संगै शिक्षा , स्वास्थ्य र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विकास पनि संग संगै लैजाने गरी अगाडी बढिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री बताउँदै थिए ।

 

त्यस गाउँपालिकाको आयोजना, शान्तिपुर आँखा उपचार केन्द्रको ब्यवस्थापन र नेपाल नेत्रज्योति संघ तम्घास शाखाको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमाा आँखा अस्पताल भैरहवाकी बरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर सविता ढकाल बर्षऔं देखि अन्धकारमय जिवन जिउन बाध्य बृद्ध बृद्धाहरुले आँखामा ज्योति पाउँदा उहाँहरुमा देखिएको अभुत पुर्व खुशीले आफुहरु े गर्वित भएको बताउँदै थिईन ।

शिविरमा आँखा उपचार केन्द्र शान्तिपुरका स्वास्थ्यकर्मीहरु पनि दुई दिन सम्म निकै खटका थिए । अन्धकारमा बाँच्न बाध्य भएका ति दुई बृद्ध सहित ३६ जनाको आँखाको मोतिया विन्दुको अप्रेशन शिविर मै गरिएको छ । १५ जनालाई थप उपचारका लागि भैरहवा रेफर गरिएको आँखा उपचार केन्द्र शान्तिपुरका कार्यालय प्रमुख सुदिप पौड्यालले जानकारी दिए ।

Awareness by SKF

चन्द्रकोटका स्वास्थ्य शाखा प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य निरीक्षक प्रकाशचन्द्र शर्माका अनुसार दुई दिनको अन्तरालमा कुल १३० जनाले आँखा उपचारको सेवा पाएका थिए । त्यस मध्ये पुरुष ५७ जना, महिला ७३ जना थिए । उनिहरु मध्ये जेष्ठ नागरिक पुरुष २७ जना र जेष्ठ नागरिक महिला २२ जना थिए । उनिह मध्ये २९ जनालाई चस्मा वितरण गरिएको छ । उक्त शिविरको उदघाटन जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले गरेका थिए ।

कार्यक्रममा त्यस पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्ण्डारी, प्रमुख प्रशासिकय अधिकृत बुद्ध प्रकाश पौडेल, नेपाल नेत्रज्योति संघ तम्घास शाखाका कार्यवाहक सभापति सदस्य पदमप्रसाद पाण्डे , गाउँपालिकाका प्रशासकीय अधिकृत शिव ज्ञवाली लगायतको बिशेष आतिथ्यता थियो ।

त्यस्तै कार्यक्रममा आठ वटै वटाका वडाध्यक्ष लगायतका जनप्रतिनिधी, कर्मचारी र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीको अध्यक्षतामा सम्पनन् कार्यक्रममा आँखा उपचार केन्द्र शान्तिपुरका सभापति गणेशबहादुर थापाको स्वागत मन्तब्य र त्यस पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सन्तोष पुनको सञ्चालन रहेको थियो ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →