Hi-Speed Computer

Awareness Campaign

चन्द्रकोटमा होमस्टे व्यवस्थापन तालिम सम्पन्न



ओझेलका खबर संवाददाता
३ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आयोजना गरिएको सात  दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम  शनिबार सम्पन्न भएको छ।

चन्द्रकोट गाउँपालिका–४ रेमीमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोगमा वैशाख ४ गतेदेखि सुरु भएको उक्त तालिममा २४ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए। तालिममा प्रतिष्ठानबाट खटिएका चार जना विज्ञ प्रशिक्षकहरूले व्यावसायिक रूपमा होमस्टे सञ्चालन र व्यवस्थापनका विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेका थिए।

समापन कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका कर्मचारीहरू, सामाजिक व्यक्तित्वहरू, प्रशिक्षक र सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Forest
Forest
Ad.

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष युवराज खत्री क्षेत्रीले गाउँपालिकाले स्थानिय सीप विकासमार्फत आर्थिक सशक्तिकरण र पर्यटन प्रवर्द्धनमा निरन्तर ध्यान दिएको बताउनुभयो। उहाँले तालिमले ग्रामीण भेगमा होमस्टे व्यवसायमार्फत रोजगारी सिर्जना गरी स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गर्नुभयो। साथै, तालिममा सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा उतारी स्वरोजगार तथा उद्यमशीलतामा अग्रसर हुन आग्रह गर्नुभयो।

अध्यक्ष खत्रीले भन्नुभयो, “गाउँमा रहेको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै होमस्टे सञ्चालन गर्दा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ। यसले गाउँको आर्थिक स्वरूपलाई सकारात्मक ढंगले परिवर्तन गर्नेछ। गाउँपालिकाले आगामी दिनहरूमा समेत यस्ता व्यावसायिक तालिमहरूलाई निरन्तरता दिनेछ।”

समारोहमा उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले ग्रामीण पर्यटन विकास चन्द्रकोट गाउँपालिकाको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै होमस्टे मार्फत गाउँका युवाहरूलाई स्वरोजगारको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।

 

Awareness by SKF

प्रशिक्षकहरूले होमस्टे सञ्चालनमा आतिथ्य सेवा, हाइजिन तथा स्वच्छता व्यवस्थापन, स्थानीय खानपानको प्रवर्द्धन, बजार व्यवस्थापन, वित्तीय योजना र पाहुनासँग व्यवहार गर्ने सीपका बारेमा विस्तृत प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले आफूहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

चन्द्रकोट गाउँपालिकाले आगामी वर्षहरूमा पनि सीप विकास, उद्यमशीलता प्रवर्द्धन र आर्थिक आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो