Salime Malika Krishi Farm

Awareness Campaign

प्रा.डा. ईश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा ३ दिवसीय विद्यालय शिक्षण अभिमुखिकरण तालिम सम्पन्न



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी वामी र आसपासका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुका लागि शैक्षिक अभिमुखिकरण तथा शिक्षण सिकाई प्रशिक्षण कार्यक्रम वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालयका प्रा.डा. ईश्वरी प्रसाद पाण्डेयको नेतृत्वमा रहेको विद्यालय शिक्षण संवाद समिति मार्फत तीन दिवसीय वेबिनार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रममा जेठ २२ गते ६६ जना, २३ गते ६३ जना र जेठ ३१ गते ६२ जना वामीका विभिन्न विद्यालयहरुमा अध्यापनरत शिक्षकशिक्षिकाहरु तथा संबन्धित व्यक्ति व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

सिंचाई
Forest
Ad.

प्रशिक्षण कार्यक्रमको अवधि पहिलो दिन अर्थात २२ गते २ घण्टा ५० मिनेट र दोस्रो दिन अर्थात २३ गते २ घण्टा ४५ मिनेट तथा ३१ गते २ घ‌न्टा ४० मिनेट रहेको थियो। ‘शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग’ विषयमा सञ्चालित विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि गरिएको यो अत्यन्तै सुन्दर प्रशिक्षण कार्यक्रमको धेरैले प्रशंसा गरेका छन।

आयोजक वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित शिक्षा संवाद समिति हो।  प्राध्यापक डा. इश्वरी प्रसाद पाण्डेयको नेतृत्व मा  प्रा. डा. ज्ञान बहादुर थापा, प्रा. डा. जिवलाल सापकोटा, रोमकान्त सापकोटा, राम केसी, रामचन्द्र सापकोटा, महेश घिमिरे, देविराम शर्मा र ज्ञानहरि सापकोटा सम्मिलित यो समिति वामी र वामी आसपासका केहि दर्जन  विद्यालयहरुको गुणस्तरीय शैक्षिक विकासको उद्देश्य लिएर शिक्षकहरुलाई आधुनिक प्रविधिमैत्री बनाउने कार्यमा सहजिकरण गर्न वामेलीहरुको ‘थिङ्क ट्याङ्क’ मानिएको यो प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरुको टोली लागिपरेको हो।

शिक्षण संवाद समितिको द्वैवार्षिक कार्ययोजना अन्तर्गत यो दोस्रो वेबिनार प्रशिक्षण कार्यक्रम तीन दिवसीय रहेको थियो। यसपटक तीनै दिनका प्रशिक्षण कार्यक्रम VSN Nepal नामक युट्युब मार्फत सार्वजनिक गरिएको छ। जसको उद्देश्य यस प्रशिक्षण कार्यक्रमबाट वामी तथा वामी बाहिरका शिक्षक, विद्यार्थी लगायत जिज्ञासु सबै लाभान्वित हुन सकुन भन्ने रहेको वामी विश्व सम्पर्क मञ्च अंतर्राष्ट्रीय समन्वय समितिका प्रवक्ता हेमनाथ खराल ले बताएका छन्।

प्रा.डा. इश्वरी प्रसाद पाण्डेयको सभाध्यक्षतामा श्री  रोमकान्त सापकोटाको कुशल सञ्चालनमा तथा प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय संयोजक भुपति वस्याल र लुम्बिनी प्रदेश संयोजक प्रभात सुवेदीले प्रशिक्षण दिनुभएको तीन दिवसीय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

Awareness by SKF

तेस्रो दिनको कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले वामी-विश्व सम्पर्क मञ्च, अंतर्राष्ट्रीय समन्वय समितिले गर्दै आएका विभिन्न खाले साथ सहयोग तथा परोपकारका कार्यहरुको भरपुर तारिफ गर्नुभएको थियो। उहाँ भन्नुहुन्छ,“ वामीबाट टाढा देश परदेशमा रहेर पनि जन्मभूमीको लागि अहोरात्र खटिइरहनु भएकोमा नगर प्रमुख भएको नाताले मुसिकोट नगरपालिकाको तर्फबाट तपाईंहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।”

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सारका शिक्षक अनन्तलाल भण्डारी भन्नुभयो, “यो प्रविधि भनेको विशेष खाले प्रविधि विज्ञले मात्र गर्न सक्ने कुरा होला भनेको थिएँ तर तीनदिनको अनलाईन शिक्षण संवाद कार्यक्रममा उपस्थित हुन पाउदा मेरो बुझाई फेरिएको छ। हामी आफैले पावरप्वाइन्ट, गुगल डकुमेन्ट मार्फत धेरै काम गर्न सक्ने रहेछौँ।”

यसै क्रममा बोल्दै शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका प्राचार्य ज्ञानहरि सापकोटाले बताउनुभयो, “बोली भन्दा पनि काम बोल्ने हो। शिक्षण सिकाई कार्यक्रमको उपलब्धि हामी बोलेर होइन काम गरेरै देखाउने छौँ। व्यवहारमा प्रयोग गरेर देखाउन चाहान्छौँ।

अनलाईन शिक्षण संवाद कार्यक्रमको समापन गर्दै शिक्षण संवाद समिति संयोजक एवम् वामी-विश्व सम्पर्क मञ्च, अंतर्राष्ट्रीय समन्वय समितिका सम्मानित अध्यक्ष प्रा.डा. इश्वरी प्रसाद पाण्डेयज्यूले वामीका विद्यार्थीहरु जोसँग ल्यापटप वा स्मार्टफोन उपलब्ध छैनन्। उनीहरुको लागि के कसरी सहयोग गर्न सकिन्छ। हामी तयार छौँ। स्थानीय सरकार नगरपालिका र वार्डले हामीसँग सहकार्य गरोस्। हामी त बैशाखी बन्ने न हो। हामीलाई भरपुर उपयोग गर्नुहोस्, प्रयोग गर्नुहोस्।”

उहाँले थप्नुभयो, “हामीले गर्ने भनेकै शिक्षा, संस्कृतिको विकासमा योगदान दिने हो। केहि स्वास्थ्य क्षेत्रमा पनि गर्दै आएका छौँ। हामीले केवल २/३ दिनका लागि नाटक मञ्चन गरेका छैनौँ। बल्की वामीको शैक्षिक उचाइका लागि हामी निरन्तर सक्रियताको साथ मेहनत गर्नेछौँ।”

यसरी वामी-विश्व सम्पर्क मञ्चले गरेको शिक्षण संवाद कार्यक्रम सबै शिक्षक सेवाग्राहीहरुमा अत्यन्तै उपयोगी भयो भन्ने कुरा जानकारहरुले बताएका छन्।

आउनुहोस्, हेरौँ र शेयर पनि गरौँ:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया