Clean Water Campaign

Awareness Campaign

कालगण्डकी गाउँपालिकाद्वारा आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा आउन वा अन्यत्रै जान सुझाव



ओझेलका खबर
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, बैशाख १२: गुल्मीको कालिगण्डकी गाउँपालिकाले आन्दोलनरत शिक्षकहरुलाई दुई दिन भित्र विद्यालयको पठनपाठन सञ्चालन गर्न आउन आग्रह गर्दै यदि नआए पदबाट राजिनामा दिन वा अन्यत्रै सरुवा भई जान सुझाव दिएको छ। शुक्रबार त्यस गाउँपालिका अध्यक्ष वेदबहादुर थापाद्वारा हस्ताक्षरीत सुचना पत्र मार्फत यस्तो सुझाव दिईएको हो।

विज्ञप्तीमा भनिएको छ, ‘शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले यस पालिका भित्रका सम्पूर्ण विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले मिति २०८२ बैशाख १४ गते विद्यालय समयमा अनिवार्य रुपमा उपस्थित हुन र नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सम्पुर्ण शिक्षक तथा कर्मचारी साथीहरुलाई अनुरोध छ। साथै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक, कर्मचारीले राजिनामा दिन तथा सरुवा प्रकृया अगाडी बढाई जानु हुन अनुरोध गरिन्छ। ’

‘हामी लोकतन्त्रमा बिश्वास राख्ने मानिस हो’, अध्यक्ष थापाले भने ‘उक्त पत्र मार्फत शिक्षकज्युहरुलाई हाम्रो अनुरोध हो कि उक्त मिति देखि विद्यालयमा पढाउन आउनुहोस, अन्यथा उहाँहरुको खुशी हो कि पढाउन पनि पाईयो, नपढाउन पनि पाईयो।’

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो