Hi-Speed Computer

Awareness Campaign

जम्मुकश्मिर घटनाको त्यो दृश्यः यता सन्दिपको घरमा चरा, उता नवबेहुलीको कोखमा ढलेको बेहुला



प्रेम सुनार
४ हप्ता अगाडि


       

Awareness

Place for ads

गुल्मी: बुढापाकाहरु भन्ने गर्छन ,आगनुको डिलमा बसी कराउने काग र अन्य चराचुरुङ्गीहरुले पनि घरको लक्ष्यण कुलक्ष्यणको संकेत गर्छन अथवा सन्देश दिन्छन। न सायद बु्ढापाकाहरुको त्यो भनाई सहि भएर हो कि गत मंगलबार जम्मु कश्मिरमा आतंकाकारी आक्रमणबाट निधन भएका बुटवलका सुदिप न्यौपाने बस्ने घरको बार्दलीमा आएर एउटा चरा बस्यो। जुन चरा आएर बसे देखि कराउँदैन।

उता सुदिप आतंकारीहरुको गोलीले ढले देखि उनको घरमा आएर बसेको त्यो चरा सोचमग्न, चिन्दाग्रस्त र भावविह्ल मुद्रामा देखिन्छ। उता सुदिपको त्यस्तो अनिष्ठ खबर आएकै देखि त्यो चरा आएर एकाग्र हुँदै त्यसरी बसिरहेको देखेर सुदिपका छिमेकीहरु अनौठो लागेको बताउँछन।

सायद मानिस भईदिएको भए सुदिप प्रति बिलौना पोखीपोखी डाको छाड्दै रुन्थ्यो होला त्यो चरा भन्ने लाग्छ उसको भावविहल चेहरा देख्दा। हुन त जव वियोगको पिडाले असहाय हुन्छ मानिस तब न बोल्न सक्छ न रुन नै भन्ने दृश्य त्यही जम्मू कश्मिरको रण मैदानमा देखियो। विवाह गरको जम्मा छ दिन भएको थियो। नवविवाहति जोडीको हनिमुन कति उत्साह उमंग र अनेकन रंगिन सपनाको कति मिठो संसार हुने गर्दछ। त्यो मिठो संसारलाई जिब्रोले स्वाद लिई रहेको बेला निल्न नपाए एउटा निर्दयी आतंकारी आउँछ र गोली बर्षाएर नववेहुलालाई ढलाई दिन्छ। थपक्क भुँईमा बस्छिन नववेहुली र निशब्द हुन्छिन। सामाजिक सञ्जालमा त्यो हृदयविदारक दृश्य देखेर मानिसहरु थप भावविहल बनेका छन।

Forest
Forest
Ad.

त्यसरी जमिनमा ढलेका पुरूष भारतीय नौसेनामा कार्यरत लेफ्टिनेन्ट विनय नरवाल हुन्। छेउमा बसेकी महिला उनकी श्रीमती हिमान्सी हुन्। एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा विनय मारिएपछि हिमांशी अर्धबेहोस् भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रून त परै जाओस् बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चारध्यमहरूले लेखेको नेपाली अनलाईन मिडिया सेतो पाटीमा उल्लेख छ।

विनय हरियाणा राज्यको कर्नाल जिल्लाका हुन्। दुई वर्षअघि बिटेक अध्ययन पूरा भएपछि उनी नौसेनामा भर्ती भएका थिए। हाल उनको दरबन्दी कोची भने स्थानमा थियो। हिमान्सी गुरुग्राकी चेली हुन्। उनी हाल पीएचडी गरिरहेकी छिन्। उनका बुवा जीएसटीमा सुपरिन्टेन्डेन्ट छन् भने हजुरबुवा अवकाशप्राप्त प्रहरी हुन्।

एक साता अघि मात्रै यी दुईको बिहे भएको थियो। १६ अप्रिलमा बिहे र १९ अप्रिलमा बिहेभोज (रिसेप्सन) पछि उनीहरू हनिमुनका लागि सोमबार कश्मिर गएका थिए।

हजुरबुबा हवासिंह नरवालका अनुसार विनयले हनिमुनका लागि स्वीट्जरल्याण्ड जाने योजना बनाएका थिए। ‘भिसाको प्रक्रियामा केही समस्या भएपछि उनीहरूले स्वीट्जरल्याण्डको योजना बदले र काश्मिर गए,’ हवासिंहको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।

Awareness by SKF

उनी घरका एक्ला छोरा हुन्। उनकी बहिनी युपिएससीको तयारी गरिरहेको भनिएको छ। हनिमुनबाट चाँडै फर्केर परिवारका सबै सदस्यहरूसँग जन्मदिन मनाउने उनको योजना रहेको पनि बिबिसीले लेखेको छ। मे महिनाको १ तारिख विनयको जन्मदिन थियो।

मंगलबार श्रीमती हिमान्सीसँग घुमफिरमा रहेका उनीमाथि गोली प्रहार भएपछि उनको घटनास्थलमै मृत्यु भयो। बिहे भएको एक सातामै हिमान्सीले श्रीमान गुमाइन्। विवाहको ६ दिनमै सिन्दुर पुछिए पनि दह्रो मन गराएर हिमानी स्वर्गिय श्रीमानलाई भारतिय सेनाले अर्पण गरेको सलामी संगै आफुले पनि सलाम गरेको केहि बोलेको दृश्यले जो कोहीको मुटु भक्कानिन्छ।

घटनापछि हिमान्सीले गोली चल्नुअघि आफू श्रीमानसँगै रहेको बताएकी छन्। उहाँ मेरो छेवैमा हुनुहुन्थ्यो। एकजना व्यक्ति मेरो श्रीमानको छेउमा आयो र लगत्तै गोली चलाए,’ उनले घटनापछि भनेकी छन्। भारतीय नौसेनाले उनको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै घटनालाई कायरतापूर्वक गरिएको हत्या भनेको छ।

जम्मु-कश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको छ। तीमध्ये एक जना नेपाली अर्थात रूपन्देहीको बुटवल उपमहानगरपालिका-१४ का सुदीप न्यौपाने थिए। भारतिय सेनाका लेफटिनेन्ट वियन झैं सुदिप पनि घरका एक मात्र छोरा हुन। त्यस आक्रमणमा परी मृत्यु भएका बुटवल कालिकानगरका सुदिप न्यौपानेको घर रहेको स्थान मनकामना टोल मात्र होइन सिङ्गो बुटवल शोकमग्न छ।

उनको बुवा बस्ने बुटवल १४ बेलबरिया र उनीहरू बस्ने कालिकानगरको घरमा बिहानैबाट आफन्त, शुभेच्छुकहरूको भीड लागेको छ। आमा रिमा पाण्डे, बहिनी सुष्मा शवलाई घरमा पुराएदेखि नै मुर्छित छन्।

उनी गत शनिवार मात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए । ज्वाइँ उज्ज्वल काफ्लेले बन्दुकधारीहरूको उक्त समूहले बाटोमा सँगै हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको बताएका छन।

‘त्यहाँ केही बोल्ने अवस्था नै थिएन, एकाएक ताकेरै गोली हाने , कुनै कल्पना गर्न सक्ने घटना थिएन, त्यसपछि आमा र श्रीमती सम्हाल्नुबाहेक अरू सोच्नै सकिन’, ‘त्यो घटनाले दिएको पीडाबारे केही बोल्न सक्ने अवस्था छैन, कसरी परिवारलाई सम्हालेर ल्याएँ भन्ने सम्झनसमेत सकेको छैन’ काफ्लेले भनेका छन‌।

सुदिपको शव आज बिहीबार बिहानै बुटवलस्थित घरमा ल्याइएको छ। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी मारिएपछि न्यौपाने परिवार र छिमेकीहरु विक्षिप्त छन। सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो। सुदिपका मामा महाशर्मा पाण्डेका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गर्न त्रिवेणी घाटमा लगिएको बुटवल उपमहानगरका प्रबक्ता शिव रानाले जानकारी दिए।

वडा नम्वर १४ का वडाध्यक्ष तथा सुदिपका काका दधिराम न्यौपानेका अनुसार उनि धरानमा पब्लिक हेल्थ पढ्दै थिए । उज्ज्वल अनुसार घुम्न निस्केको बेला एकै पटक आतंकवादीको समूह जंगलबाट निस्के, सबैले अल्लाह मुस्लिम भन भनेर चेतावनी दिएका थिए । उनी, आमा र बहिनीले आतंककारीहरूले भनेको शब्द दोहोराए, तर सुदिपले उनीहरूले भनेको नमानेपछि ताकेर हानेका हुन् । सुरुमा हातमा लागेको गोली दोस्रो पटक हान्दा छातीमा लागेको थियो। सुदिपकी आमा एक संघर्षशिल महिला भएको छिमेकीहरु बताउँछन। श्रीमान संग सम्बन्ध विच्छेद गरी आफैले कुखरापालन लगायतका संघर्ष गरेर एक छोरा र एक छोरीलाई उच्च शिक्षा पढाउँदै अँएको र घर पनि बनाएर अब सुखको दिन देख्ने बुहारी भित्राउने बेलामा यस्तो हृदयविदारक घटना घटेको छिमिकेी महिलाहरु बताउँछन।

जम्मु कश्मिरको यस आताताथी घटनाले दुवै देश भारत र नेपाललाई विक्षिप्त पारेको छ। आतंकवाद विरुद्ध नेपाल भारतको साथ रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय प्रधानमन्त्री मोदीलाई सन्देश पठाएका छन। भारतले ४८ घण्टा भित्र पाकिस्तानीहरुले भारत छाडन निदेशन गरेको छ भने कैंयौं कडा कदम चाल्दै छ। भारत शोसासित क्षेत्र जम्मु कश्मिरमा अहिले सम्म सयौं मानिसले ज्यान गुमाएका छन। भारतिय सेनामा रहेका थुप्रै नेपालीहरुले पनि ज्यान गुमाउँदै आएका छन।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →