काठमाण्डौ , बैशाख ८ । पछिल्लो १२ घण्टाको अन्तरलामा देशभर बेग्लाबेग्लै सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । पाल्पामा एक जना , ताप्लेजुङ ४ जना र कालिकोटमा ४ जना गरी पछिल्लो १२ घण्टाको अन्तरालमा ९ जनाको मृत्यु भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
सो घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् । त्यस्तै दुई जना घाईतेलाई उपचारका लागि काठमाडौं लैजान लागिएको छ ।
ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लैजान लागिएको हो ।
पाल्पामा आइतबार साझ जिप दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ । पाँच जना घाइते मध्ये एकको अबस्था गम्भीर छ । आइतबार साझ ७।५० बजेको समयमा तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा दुर्घटना हुँदा स्याङ्जा कालीगण्डकी ३ बैघाकी अन्दाजी १८ वर्षीया एलिजा सारुको घटना स्थलमै मृत्यु भएको हो ।उनको जिपले च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।
डिएसपी मल्लका अनुसार ५ जना घाइते मध्ये एक जनाको टाउँकोेमा चोट लागेका कारण अवस्था गम्भीर छ ।घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाइएको छ । ब्रेक फेल भई दुर्घटना भएको र थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी मल्लद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।
गएराती नै कालिकोट जिल्लाको पलाँता गाउँपालिका २ लार्फ गाउँ नजिकै दुर्घटना हुँदा पलाँता गाउँपालिका ४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र मुगुको खत्याड गाउँपालिका ५ का चन्द्र प्रकाश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |