Hi-Speed Computer

Awareness Campaign

पाल्पामा जिप दुर्घटना: एक युवतीको मृत्यु, ५ जना घाइते



ओझेलका खबर
४ हप्ता अगाडि


Awareness

Place for ads

 

पाल्पा , बैशाख -८ ।  पाल्पामा आइतबार साझ जिप दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ । पाँच जना घाइते मध्ये एकको अबस्था गम्भीर छ ।

आइतबार साझ ७.५० बजेको समयमा तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा  दुर्घटना हुँदा
स्याङ्जा कालीगण्डकी ३ बैघाकी अन्दाजी १८ वर्षीया एलिजा सारुको घटना स्थलमै मृत्यु भएको हो ।

Forest
Forest
Ad.

उनको जिपले च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार  ५ जना घाइते मध्ये एक जनाको टाउँकोेमा चोट लागेका कारण अवस्था गम्भीर छ ।घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाइएको छ । ब्रेक फेल भई दुर्घटना भएको र थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी मल्लद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो