गुल्मी: कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको दोस्रो गुल्मी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा वैशाख ५ गते शुक्रवार देखि १७ गतेसम्म सञ्चालन हुने सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समिति संयोजक एवं गुल्मी चेम्बर अफ कमर्स अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।
तम्घासमा हुने महोत्सवमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ्ग लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिने भएको छ । मेलामा ३०० वटा स्टल रहने भएका छन् । सबै स्टलहरु बुकिङ भइसकेको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले बताए । महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै ३० प्रतिशत छुटमा स्टल दिइएको उनले बताए ।
‘गुल्मी जिल्लाको समृद्धिको आधार कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ संचालन गर्न लागिएको हो । १३ दिनसम्म चल्ने महोत्सवमा डेढ लाख दर्शक भित्र्र्याउने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवद्र्धनका जोड दिइएको छ । गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने अध्यक्ष पाण्डेले बताए ।
महोत्सव सम्पन्न बिभिन्न गठित २९ वटा उपसमितिहरुले आ–आफ्ना महोत्सव लक्षित गतिबिधीलाई तिव्र पारेसँगै महोत्सवको तयारी अगाडी बढेको गुल्मी चेम्बर अफ कमर्सका महासचिव यज्ञप्रसाद पन्थीले बताए।
महोत्सवमा इन्द्रेणी टिम सहित एकसय बढी कलाकारहरुको प्रस्तुति रहने
गुल्मी महोत्सवको सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित विभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको मेलाका प्रचारप्रसार विभाग संयोजक प्रेम घिमिरेले बताए ।
मेलामा लोकप्रिय इन्द्रेणी टिमको प्रस्तुति रहने छ । त्यस्तै राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकार बोमबहादुर कार्की, शिव परियार, चन्द्र शर्मा, बद्री पंगेनी, रिता थापा, पशुपति शर्मा, खुमन अधिकारी, मञ्जु पौडेल, कुलेन्द्र विक, रामजी खाँड, हेमन्त शर्मा, शान्तीश्री परियार, प्रिती आले, ज्योति मगर रहेका छन् । रचना रिमाल, समिक्षा अधिकारी, खेम सेञ्चुरी, एलिना चौहान, टिका सानु, अर्जुन सापकोटा, दुर्गेश थापा, बैकुण्ठ महत, लक्ष्मण खड्का, रामचन्द्र चन्द, बावुराम पन्थी रहेको साँस्कृतिक कार्यक्रम संयोजक टामलाल केसीले बताए ।
त्यस्तै प्रकाश दुधराज, सन्तोष केसी, तिलक बस्नेत, शिलु भट्टराई, उमादेवी खनाल, मदन खनाल लगायत रहेका छन् । मेलामा कल्पना कुसुम, सितल शर्मा, एन्जिला रेग्मी, हरी खत्री, दिपक गरौजा, रितु थापा, नारायण बिपी परियार, सन्तोष लम्साल लगायत जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको साथमा अरु धेरै गुल्मेली कलाकरको प्रस्तुति रहने भएको केसीले बताए ।
महोत्सवमा हास्य कलाकार, पुरुषोत्तम भण्डारी पुर्खे बा, माईला बा, बलराम मगर, जादुगर गुन्दुके रहेका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |