Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा सडक दुर्घटनाको एक दशकः ११७ बढी मृतक (नाम विवरण सहित)



प्रेम सुनार
१ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, बैशाख ४:  गुल्मीमा २०६० को दशक सम्म यात्रुवाहक गाडीहरुमा बढि मात्रामा बस चल्थे। त्यति बेला सम्म धेरै ठुला बस दुर्घटनाहरु भए। त्यसमा हुने मानवीय क्षतिको विवरण  सायद जिल्ला प्रहरी कार्यालयमा पनि छैन होला। त्यस यता बढि मात्रमा जिप, हाईस लगायतका साना गाडीहरु चल्न थालेका हुन।

तर २०७० को दशकको मुखैमा आई पुग्दा पनि विगतको ठुलाठुला दुर्घटना झस्काउने गरी बस दुर्घटना भयो। पछिल्लो त्यस बस दुर्घटना सहिथत हाल सम्म चारपाङ्ग्रे गाडी दुर्घटनाको विवरण हामीले संकलन गरी राखेका छौँ। हामीले संकलन गरेका विवरण बाहेक अन्य थुप्रै दुर्घटना पनि हुन सक्छन।

हामीले रिपोर्टिङ गरेका विवरण अनुसार २०६९ सालको एउटा बस दुर्घटना देखि हाल सम्म चारपाङ्ग्रे गाडी दुर्घटनाबाट कम्तीमा ११७ जना मानिसहरुको मृत्यु भएको छ। सयौंको संख्यामा घाईते भएका छन। कतिपय दुर्घटनामा तत्काल मृतकको सनाखत हुन नसक्दा   कतिपय मृतकको नाम छुट्न गएको छ। २०७० यताको सबै दुर्घटनाको विवरण राख्ने प्रयासमा छौं हामी।

Forest
Forest
Ad.

यसमा पाठकहरुले छुटेका दुर्घना विवरण हामीलाई टिपाएर सहयोग गरी दिन आग्रह गर्दछौँ। हामीले यस दुर्घटना विवरणमा मोटरसाईकल, स्कुटी दुर्घटनाको र कुनै पनि सवारी साधनले ठक्कर दिएर वा खसेर मृत्यु भएको घटना जोडेका छैनौँ।

आगामी दिनमा सबै प्रकारका सवारी दुर्घटना विवरण राख्ने छौँ। २०६९ को ठुलो बस दुर्घटना यता २०७४, २०७८ र २०७७ मा ठुला दुर्घटनाहरु भएका थिए। ति सहित हामीले संकलन गरेको विवरण यस्तो छ:

२०७९ भदौ २४, मृत्यु संख्या १४   
यस दिन बिहान तम्घासबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५५८३ नम्बरको जिप लुम्छा नजिकै दुर्घटना हुँदा  घटनास्थलमा ११ जना र उपचारका लागि पाल्पा लैजाँदै गर्दा ३ जनाको बाटैमा मृत्यु सहित १४ जनाको मृत्यु भएको थियो।  ६ जना घाईते भएका थिए।

उक्त दुर्घटनामा परी गुल्मी तम्घासका विष्णु पन्थी, अर्घाखाँचीको मरेङ–५, का  अणबहादुर क्षेत्री, दरबारदेवीस्थान ९हाल नवलपरासी बस्ने० हरिकला आर्याल, वीरवासा–८ का बेदबहादुर सुमरे, भगवती–२, अर्घाखाँचीका लालकुमार श्रेष्ठ, तम्घास–३ का छमकला कुवार, अखर्लेका पेमलाल पा९ण्डे, तम्घासका निरज कुँवर, जैशीथोककी लक्ष्मी खड्का, दुवीचौरका श्री थापालगायतको मृत्यु भएको थियो।

Awareness by SKF

  २०७१ साल ६ वैशाख, मृत्यु संख्या ४ 
२०७१  अर्को ठुलो दुर्घटना भयो।  सो बर्षको बैशाख  ६ गते  बिहान साविक दरबारदेविस्थान  गाविसबाट तम्घास आउँदै गरेको  लु १ ज २५२९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा परी  दरबारदेवीस्थान –८ चारपालामा लु १ ज २५२९ नम्बर जीप दुर्घटना हुँदा दरबारदेबिस्थान ८ का ३५ वर्षीय महेन्द्र कुँवर, ५० वर्षकी जमुना खत्री, ८ वर्षका बालक बिवश थापा र वलोकट –८ अर्घाखाँचीकी सानु मियाको ज्यान गएको  थियो । ८जना घाईते भएका थिए।

२०७१  असोज २५ , मृत्यु संख्या २ 
२०७१ कै असोज २५  गते  जोहाङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । १२ जना भन्दा बढि घाईते भएका थिए । अहिले नाम छुटेको छ जोडने छौँ।

 २०७२ असोज १८, मृत्यु संख्या ५ 
यस मितिको दुर्घटनामा ठुलै मानविय क्षति हुने गरी सडक दुर्घटना भएको थियो ।   उर्लेनीमा रहेको विश्वकर्मा बाबामन्दिरको नजिकै बुटवलबाट तम्घास आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दुर्घटना हुँदा  ५ जनाको मृत्यु भएको थियो भने २० जना भन्दा बढि घाईते भएका थिए । जति बेला रेसुङ्गा नगरपालिका–६ का ५५ वर्षीय रोहित मरासिनी र रेसुङ्गा–८ का करण चुँदरा  लगायतको मृत्यु भएको थियो।‌

२०७२ मंसिर २७ , मृत्यु संख्या ४ 
२०७२   साल मै अर्को ठुलो दुर्घटना भएको थियो । सो बर्षको मंसिर  २७  गते राती   साबिक हस्तीचौर गाबिसमा  ट्राक्टर दुर्घटना हुँदा  चारजनाको मृत्युभएको थियो  । दुर्घटनामा परी  ट्राक्टर चालक हस्तिचौर गाविस– ६ का १९ वर्षीय वैकुण्ठबहादुर मुखिया, सोही गाविस– ३ निवासी ६५ वर्षीय तीर्थबहादुर खत्री, ५८ वर्षीय चन्द्रबहादुर कुँवर र २६ वर्षीयका जुद्ध मुखियाको मृत्यु भएको थियो ।   एकजना घाइते  भएका थिए ।  सदरमुकाम तम्घासदेखि खुद्रा सामान बोकेर हस्तिचौरतर्फ जाँदै गरेको लु २ त ४८३१ नंको ट्राक्टर सोही गाविस– ३ स्थित कालाखोला भन्ने ठाउँमा दुर्घटना भएको थियो ।  ट्याक्टर दुर्घटनामा त्यति धेरै मानिसको मृत्यु हुनु गुल्मीका हकमा त्यो पहिलो घटना थियो।

२०७४ कार्तिक १३ गते, मृत्यु संख्या ११ 
यस मितिको बिहान मिनी माइक्रो बस  बिरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको  थियो । ६ जना घाईते भएका थिए ।  बुटवलबाट  बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।  दुर्घटनामा ६ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको  थियो।

सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर बस्ने बर्ष अन्दाजी बर्ष ३१ का भिम बहादुर घर्ती मगर ९ड्राईभर०,गुल्मी मालिका गउँपालिका ६ बस्ने बर्ष ३० का लाल बहादुर मुखिया,गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौर बस्ने बर्ष २७ की यमुना पन्थी मरासिनी रहेका थिए

त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊ बस्ने बर्ष ५० की मानकुमारी थापा, ईस्मा गाउँपालिका ६ बस्ने बर्ष २६ का दिल बहादुर कुमाल, ईस्मा गाउँपालिका २ पालुका बस्ने बर्ष अन्दाजी ४५वर्ष की रुवि नेपाली, गुल्मी रिमुवाकी सुमित्रा दर्लामी,अर्घाखँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने बर्ष अन्दाजी बर्ष ३५ का राम प्रसाद पाण्डे, बुटवलका केशबहादुर गुरुङ्ग रहेका थिए।

२०७४ कार्तिक २९ गते राती एकको मृत्यु 
यस मितिमा  गुल्मीको अर्खर्लेमा मलामी गएर छल्दीपनाह घाटबाट फर्किने क्रममा   लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा  दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको  थियो । दुई जना घाईते भएका थिए ।

२०७५ माघ २० , मृत्यु संख्या २ 
यो मितिमा  गुल्मीमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको  थिायो । दुई जना घाईते भएका थिए ।  मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा   जीप धनी   मुसीकोट नगरपालिका ८ का ३० बर्षीय ठाकुर सापकोटा तथा सोही ठाउँकी ५५ बर्षीया पुतलीसिंह ठकुरीकोको मृत्यु भएको थियो ।

मुसीकोट नगरपालिका ८ कै ५५ बर्षीया हरिकला कार्की र बाग्लुङ दगातुमडाडा घर भई वामी मैदानमा दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका  थिए।

 २०७५ चैत्र १८, मृत्यु सख्या  पुर्व सांसद सहित ३ को मृत्यु 
यस मितिको  बिहान नेटा दर्लिङ्गबाट तम्घास आउँदै गरेको  जीपमा सवार  धुर्कोट गाउँपालिका ५ वस्तु  निवासी ७२ बर्षीय पुर्व सांसद रुद्रमणि शर्मा भण्डारी सहित तीन जनाको मृत्यु भएको थियो ।

संगै  मालिका गाउँपालिका १ नेटाका ८ बर्षिय वस्कर बिक मालिका गाउँपालिका वडा नं २ की बर्ष ३६ की कौशीला थापाको मृत्यु भएको  थियो ।   ७   जना घाईते भएका थिए । त्यो यात्रामा सांसद भण्डारी  मितेरी साईनो परेको  ब्यक्तिको घरमा भेटघाठ गर्न जाँदै रहेको बताईन्छ ।

२०७६ कार्तिक १४  मृत्यु संख्या २ 
यस मितिको राती  गुल्मीको मुसिकोट नगरपालिका–९, ददल्कामा जिप  दुर्घटना हुँदा २ को मृत्यु  र तीन जना घाईते भएका थिए ।

गुल्मीकै वामीटक्सारबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटना हुँदा  अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल  र तत्काल नाम खुल्न नसकेका अर्का एक जनाको मृत्यु भएको थियो ।

घाइते हुनेहरुमा मुनपा ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, बिष्णु बिक रहेका थिए  । चालक ज्ञानबहादुर बिक फरार थिए।

 २०७६ मंसिर १६ , मृत्यु संख्या १५
यस मितिको बिहानपख  गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा हुँदा घटनास्थलमा तत्काल एक बेपत्ता सहित १४ र एक जना उपचारका क्रममा सहित १५ जनाको मृत्यु भएको थियो । जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा ९ महिला, ५ पुरुष र एक बालकको मृत्यु भएको थियो।

दुर्घटनामा हामी पुग्दा जम्मा १० जना मृतको मात्रै पहिचान खुलेको थियो ।  तत्काल पहिचान खुलेका मृतकहरु यी थिए गुल्मीको इश्मा(५ बस्ने वर्ष २६ को चालक रेशम थापा, दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा( ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी बर्दघाट– २ बस्ने वर्ष ६० को भुमा कार्की, बागलुङ बडिगाड ७ बस्ने वर्ष ५५ को नरमाया खत्री, गुल्मी इश्मा–४ का ४० वर्षीया सिता कार्की, इश्मा– ४ बस्ने ६५ वर्षका झवि कार्की, ४५ वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की । घाइते हुनेमा नवलपरासी वर्दघाट २ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा–४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोही स्थानमा वस्ने वर्ष २४ को निमा केसी रहेको थिए ।

२०७६ कार्तिक १३ , मृत्यु संख्या २

यस मितिमा लु १ च ३५१४ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नं ९ को दाङसिङबाट ददल्कातर्फ जाँदै गर्दा मुसिकोट नगरपालिका वडा नं ९ का करिब ७० वर्षीय रामप्रसाद खरेल र अन्दाजी ४५ वर्षीया तत्काल नाम नखुलेकी महिला सहित दुई जनाको मृत्यु भएको थियो ।

घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं ७ का २४ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीया सोनिया बिक, २६ वर्षीया बिष्णु बिक रहेका थिए ।

  ०७६ चैत्र ६ , मृत्यु संख्या १ 

यो मितिमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाईते भएका थिए ।  मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका९६ का २४ वर्षीय मनिष जिसी  थिए ।

२०७६ जेठ २५ , मृत्यु संख्या एक 
यस मितिमा  रेसुङ्गा नगरपालिका १३ भगेरीमा  रिडीबाट वालुवा लिएर तम्घास आउँदै गरेको लु४त २८४६ नम्बरको ट्याक्टर दुर्घटना  हुँदा कपिलवस्तु घर भएका ट्याक्टर चालक अम्मर कुँवरको घटनास्थलमै ज्यान गएको  थियो ।

तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप बिहीबार दिउँसो चन्द्रकोट गाउँपालिका९८ को तुराङ्ग मजुवामा पल्टिएर दुर्घटना भएको  थियो ।   दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएका थिए ।

२०७६  कार्तिक ११ , घाईते संख्या १५ 
यस मितिमा इस्मा ६  बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर हुँदा १५ जना घाईते मध्ये ४ जनाको अवस्था घम्भिर थियो ।

२०७७ मंसिर ७ ,  मृत्यु संख्या दुई 
यस दिन दिउँसो  सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खलेमा    इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको  कन्चन गाउँपालिका ४ हटैयाकी कमला क्षेत्रीको मृत्यु भएको थियो ।  ८ जना घाईते भएका थिए ।

२०७७ पुस ५, मृत्यु संख्या एक 
यो मितिमा  जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ चिउरी डाडाँमा ट्याक्टर दुर्घटना हुदाँ ३१ वर्षिय पार्वाता वि।क।को मृत्यु भएको  थियो । दुई जना घाईते भएका थिए ।

 २०७७ फागुन ५ , मृत्यु संख्या ३ 
यस मितिमा  तम्घासबाट रेसुंगा नगरपालिका– १४ पराल्मी जाँदै गरेको लु।१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदो  तीन जनाको ज्यान गएको थिए । ७ जना घाईते भएका थिए ।

 २०७७ असार १३ , मृत्यु संख्या एक 
यस मितिमा  गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको  थियो भने एक जना घाईते भएका थिए । जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियारको मृत्यु भएको थियोा ।  सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर  दुर्घटना हुँदा उनको मृत्यु हुनुका साथै   तत्कालन नाम नखुलेका एक जना घाईते भएका थिए ।

२०७७ असोज १९ , मृत्यु सख्या एक 
यस मितिमा  जिल्लाको गुल्मीदरवार –१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बर को ट्याक्टर दुर्घटनामा परेर १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको  थियो । दुर्घटनामा परेर चालक कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मी दरवार गाउँपालिका वडानम्बर–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाईते भएका थिए ।

२०७७ कार्तिक १ , मृत्यु संख्या एक 
मदाने गाउँपालिका९ ७ भनभनेस्थित टिमुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय  नेत्रबहादुर घर्तीको मृत्यु भएको थियो । टिमुरखर्कबाट गिट्टी लगेर जाँदै गरेको लु ३ त ६८९६ नम्वरको ट्याक्टर शुक्रबार बेलुकी अन्यिन्त्रित भई दुर्घटना  हुँदा  घाइते घर्तीको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको थियो ।

२०७८ बैशाख १,  जिल्ला प्रशासनका कर्मचारी सहित मृत्यु संख्या ५ 
सो बर्षकै पहिलो दिन अर्थात २०७८ बैशाख १ गते नयाँ बर्ष मनाउन प्युठानको स्वर्गद्धारी हिडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत श्याम न्यौपाने,   सहित ५ जनाको गन्तब्य स्थानमा पुग्नै लागेको बेला जीप दुर्घटना भई ज्यान गएको थियो । आजकै दिन बैशाख २ गते उनिहरुको शव जिल्ला प्रशासन कार्यालयमा ल्याईएको थियो र रुवावासी सन्नाटा छाएको थियो ।

लु।१ज १६५५ नम्बरको जिप  सो दिन  बिहान साढे ११ बजे प्युठान स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा दुर्घटना हुँदा   जिल्ला प्रशासन कार्यालयका प्रशासकीय
अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका– ३ का केशव कार्कीले ज्यान गुमाएका थिए ।

२०७८ साउन १३ , मृत्यु संख्या ३ 
यस मितिमा चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका ४ मा लु १ ज ४५ ५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको  थियो ।

दुर्घटना परी मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–५ बस्ने अन्दाजी ४८ वर्षीय रेशम कार्की, चन्द्रकोट गाउँपालिका–४ का ४५ वर्षीय तेजबहादुर खत्री र रेसुङ्गा नगरपालिका९२ की ६८ वर्षीया सुनिता बिकको मृत्यु भएको थियो । जिपमा ११ जना सवार थिए ।

 २०७८ पुस १८ , मृत्यु संख्या ८ 
यस मितिमा बुटवलको देवी नगर वाट शव  लिएर आउँदै गर्दा पाल्पाको लगुवामा लु १ ख ७२७९ नं को बस   पाल्पामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।  जुन  अर्घाखाँचीको मालारानी गाउँपालिका २ कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि  रिडीमा दहासंस्कार  गर्ने उनि जिवित छँदाको सपना साकार पारिदिन छोराहरुले रिडीमा शव ल्याउँदै गर्दा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र वि, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ बस्ने ३० वर्षीय पशुपति रसाइली, सोही ठाउँ निवासी वर्ष ४० का खुमबहादुर राना रहेका छन् । दुर्घटनाको बेला यो समाचार लेख्ने बेला सम्म मृतक अन्य दुई जनाको सनाखत हुन सकेको थिएन ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ रुपन्देही बस्ने ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्यामबहादुर वि, बुटवल–१७ बस्ने ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ बस्ने ५४ वर्षीय गोपाल नेपाली, गुल्मीको छत्रकोट गाउँपालिका–३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका–२ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार रहेका थिए ।

त्यस्तै अन्य घाइतेहरूमा तिलोत्तमा–१४ रुपन्देहीकी ४५ वर्षीया तारा सुनार, मालारानी–२ अर्घाखाँची बस्ने ३९ वर्षीय तुलसीराम बिक, सोही ठाउँका २२ वर्षीय दीपक बिक, बुटवल–१२ बस्ने ४८ वर्षीय माधवप्रसाद बस्याल, मालारानी–२ अर्घाखाँची बस्ने ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँ निवासी ३५ वर्षीय लक्ष्मण टोहटो र सोही ठाउँका २७ वर्षीय विष्णु विक रहेका  थिए ।

घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास र तानसेन मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर खातीले जानकारी दिए । बुटवलबाट शव लिएर सतगतको लागि रिडितर्फ जाँदै गरेको लु१ख ७२७९ नम्बरको बस आइतबार बिहान १०स्४० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवास्थित तानसेन–रिडी पक्की सडक खण्डमा करिब ५५ मिटर तल खसी दुर्घटना भएको थियो ।

 २०७८ असोज २९, मृत्यु संख्या ३ दशैमा रुवावासी 
यस मितिको साँझ दशैका दिन   बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु१ज ४४९० नम्बरक जीप  रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना हुँदा  तिन जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा  मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनारको मृत्यु भएको थियो भने  ६ जना घाईते भएका थिए । गाउँका कतिपयले दशैं भित्रियो नजाऔं भो भन्दै थिए तर नवलपरासीमा दाजुभाई वितेकाछन मानो मिसाएर आउँ भन्नेहरु हावी भए पछि त्यहाँ पुगेर फर्किने क्रमा उक्त दुर्घटना भएको थियो ।

२०७८ साउन २० गते साँझ , मृत्यु संख्या १ 
यस दिन साँझ गुल्मीको सत्यवती  गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको थियो ।

जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको सोही गाउँपालिका ४ ढाँडागैरा भन्ने स्थानमा लु २ च १४६८ नम्वरको जिप दुर्घटना हुँदा चालक माझीको घटनास्थलमै मृत्यु भएको  र  पाँच जना सामन्य घाईते भएका थिए ।

२०७८, चैत्र २ , मृत्यु संख्या एक 
यस मितिको  जिल्लाको छत्रकोट गाउँपालिका वडा न।१ झेर्दीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  ट्याक्टर चालक इस्मा गाउँपालिका वडा न।६ निवासी रेशम कुमालको मृत्यु भएको थिो ।

२०७८ जेठ २९ , मृत्यु संख्या एक 
यस मितिमा  मदाने गाउँपालिका–२ बाँझकटेरीस्थित पञ्चपोखरी भन्ने स्थानमा ना २ ख ५७६५ नम्बरको ट्रक रोकेर ओत  लगाउँदा ट्रकको ठक्करबाट  प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले घर भएका २० वर्षीय गगन घर्ती मगरको मृत्यु भएको  थियो ।

 २०७९  मंसिर ५ , मृत्यु संख्या ५ 
यस मितिको साँझ   सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडातर्फ जाँदै  गरेको लु २ च ५३४० को जिप राति साढे २ बजेतिर ब्रेक फेल भई दुर्घटना  ५ जनाको ज्यान गएको थियो । ४ जना घाईते भएका थिए ।  उक्त   दुर्घटनामा परि  चार जना घाईते भएका थिए ।

२०७९ साउन ११ गते राती  , मृत्यु संख्या १ 
यस मितिमा  गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्ुयु भएको थियो ।  तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु। २ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना  हुँदा  मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको थियो ।

२०७९ साउन २९ , मृत्यु संख्या एक 
यस मितिमा नम्बर नखुलेको  ट्रक  दुर्घटना हुँदा चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको  थियो ।

२०८० बैशाख १३ गते राती,  एकको मृत्यु
यो मितिको राती मालिका गाउँपालिका २ दर्लिङ्गको दुनाममा बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना हुँदा  सहचालक बागलुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको  थियो ।  सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएक थिए ।

    यी पछिल्ला तीन बर्षका दुर्घटना विवरण 
आर्थिक बर्ष २०८०÷ ०८१ मा भने एकै साथ ठुलो मानविय क्षति हुने गरी ठुला सडक  दुर्घटनाहरु भएनन ।   जिल्ला ट्राफिक कार्यालय गुल्मीले दिएको विवरण अनुसार पछिल्लो तीन बर्षमा  ठुला यातायातका साधानहरुको दुर्घटना न्युन हुँदै गएको छ ।

आर्थिक बर्ष २०र्७८ ÷०७९ मा  एउटा ट्रक , ७ वटा जिप , १४ वटा ट्याक्टर ५ वटा मोटरसाईकल सहित २७ वटा सवारी साधन दुर्घटना हुँदा ३ महिला १२ जना पुरुष सहित १७ जनाको मृत्यु भएको छ । ३१ जना सक्त घाईते भएका थिए ।

आर्थिक बर्ष २०७९÷ ०८० मा  एउटा ट्रक,  २ वटा जीप, २ ट्याक्टर  र एक मोटरसाईकल सहित ६ वटा सवारी साधन दुर्घटना हुँदा एक पुरुष र ९ जना महिला सहित १० जनाको ज्यान  गएको थियो । ५ जना घाईते भएका थिए ।  आर्थिक बर्ष ८० ÷०८१ को साउन १ देखि  आजको मिति सम्म ट्रक दुई वटा , बस चार वटा , जीप  पाँच वटा ट्याक्टर चार वटा मोटरसाईकल ७ वटा सहित २१ वटा सवारी साधन दुर्घटना भएका छन ।

जसबाट एक महिला ७  , एक बालक , एक पुरुष सहित  ९ जनाको मृत्यु भएको छ । ३२ जना घाईते भएका छन ।  विगत १० बर्षका बिचका दिन   ति ठुला दुर्घटनालाई फर्केर हेर्ने हो भने पछिल्ला दिन बर्षमा  गुल्मीमा क्रमशः दुर्घटना न्युनिकरणको दिशामा अगाडी बढेको बुझ्न सकिन्छ ।  २०८१ को जेठ १५ गते साँझ गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।  १२ जना घाईते भएका थिए ।

२०८१  बैशाख देखि २०८२ बैशाख १ सम्मको चारपाग्रे दुर्घटना विवरण 
२०८१  बैशाख १६ , यस दिन   जिल्लाको सत्यवती  गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।  १२ जना घाइते भएका थिए ।
लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घाको भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको  लु१च ४३२० नम्बरको जिप  दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको   थियो ।

२०८१ बैशाख १६ गते  जिल्लाको सत्यवती गाउँपालिकाको रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा पिक अप दुर्घटना हुँदा १२ जना घाइते र एक जनाको मृत्यु  भएको थियो । रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप  सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना हुँदा स्थानीय  ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको थियो ।

२०८१ जेठ ३ गते  पोखराबाट गुल्मी तर्फ आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका १ मक्वादीमा दुर्घटना हुँदा बसका सहचालक सहचालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको थियो । १२ जना घाईते भएका थिए ।

 २०८१ जेठ २९  यस मितिमा  अर्घाखाँचीको  छत्रदेव गाउँपालिका–७ नेटाबाट गुल्मीको सदरमुकाम तम्घासको देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर  दुर्घटना हुँदा  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का २६ वर्षीय रामलाल पुरीको ज्यान गएको थियो ।
दुर्घटनामा घाइते भएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ का २९ वर्षीय नवीन घिमिरे र सन्धिखर्क–८ का ३३ वर्षीय रिसभ केसीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको  थियो  ।

  २०८१ जेठ २२ गते  कालिगण्डकी गाउपालीका९४ ओक्याङ  स्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट  बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको बलेरो ९डबल क्याप गाडी० आफै अनियन्त्रीत भई सडकदेखि अन्दाजी ४ सय मिटर तल खस्दा सत्यवती गाउँपालीका९८ भार्से बस्ने ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको  ७ जना घाईते भएका थिए ।

 २०८१ मंसिर २८ गते मुसिकोट नगरपालिका ४ दजाकोटमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं। को फोर्स  गाडी दुर्घटना  हुँदा रेसुङ्गा नपा–८ छापटोला बस्ने  ४५  वर्षीय  नविन श्रीसको मृत्यु भएको थियो । सो  दुर्घटनामा परी  श्रीमति बसन्ती श्रीस, उनका छोरा  ८ वर्षीय एक्सन श्रीस  पाँच जना घाईते भएका थिए ।

  २०८१ पुस ११ गते मजुवाबाट चोरकाटे तर्फ जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर  सिस्नेखाmेला स्थित बडिगाड खोलामा खस्दा त्यसमा सवार चन्द्रकोट ६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको थियो ।

२०८१  माघ २०   यस मितिमा  कालीगण्डकी गाउँपालिका९ २ अर्वेनीको बिसौनास्थित कच्ची सडकमा शनिबार लु ३ त ५११२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक ५५ वर्षीय देवबहादुर बिकको मृत्यु भएको  थियो । एक जना घाईते भएका थिए ।

२०८१ असार १३ ,  यस मितिमा  गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका थिए  । छल्दीबाट तम्घासतर्फ आउदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गास्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटना हुँदा मालिका गाउँपालिका– २ का ६ वर्षका शिव बिकको मृत्यु भएको  थियो ।
  दुर्घटनामा ट्याक्टर चालक धुर्कोट गाउँपालिका–५ बस्तुका २६ वर्षका दीपक गोतामे र रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घासका १९ वर्षका राजकुमार बिक घाइते भएका  थिए ।

२०८१ पुस १३ , मृत्यु  संख्या १ रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा  दुर्घटना हुँदा  चालक पाल्पाको रैनादेवी गाउँपालिका-१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको थियो । दुर्घटनामा सल्यान बनगाउँ-७ का २३ वर्षीय मोहन जैसी सामान्य घाइते भएका थिए।

२०८१ चैत्र २६ गते सिमिचौरमा स्काभेटर दुर्घटना हुँदा त्यसका चालक   दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते भएका थिए।

  त्यस यता २०८१ चैत्र मशान्त सम्म मोटरसाईकल बाहेक अन्य सडक दुर्घटना भएको जानकारीमा आएको छैन।

  तर २०८२ को  पहिलो दिन साँझ गुल्मीमा पहिलो सडक दुर्घटना भएको छ ।  जिल्लाको  कालिगण्डकी गाउँपालिकामा जीप दुघृटना हुँदा तीन जना घाईते भएका छन ।त्यस पालिका वडा नम्बर– ४ सैरेनी भन्ने स्थानमा लु ३ च ६४५६ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ फाक्सिङ निवासी ४१ बर्षीय क्षेत्रबहादुर थापा , बर्ष १६ का दिपेन्द्र राना र २२ बर्षीय कृष्ण राना घाईते भएका हुन ।

 जिल्ला प्रहरी प्रबक्ता गंगाबहादुर सारुका अनुसार उनिहरुको स्वास्थ्य अबस्था मध्यम खालको छ । उनिहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरिएकोमा त्यस अस्पतालमा नगई उनिहरुले पाल्पा युनाईटेड मिशन      अस्पतालमा उपचार गराई रहेका छन ।
  बिश्लेषण 

पछिल्लो तिन बर्षको  दुर्घटना विवरण हेर्ने हो भने  बसको यात्रा  बढि सुरक्षित देखिन्छ ।  त्यस्तै जिप लगायतका साना यातायातका साधनहरुमा बिशेषतः  जन्ती, मलामी, तिर्थ यात्रा वा अन्य हर्र्ष बढाईका क्रममा रिजर्भ गरेर यात्रा गर्दा क्षमता भन्दा बढि यात्राहरु  राख्न मनाही गरियो भने दुर्घटनाबाट बच्न सकिन्छ ।  हेक्का राखौं अधिकांस ठुला दुर्घटनाहरु बढि मात्रमा चाड पर्वका महिनाहरुमा भएका छन । त्यस्तै धार्मिक आश्था र सामाजिक मान्यताको यात्रामा ठुला दुर्घटना भएका छन । ओभरलोड, चालकमा अनिद्रा दुर्घटनाका  बढि कारक देखिन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →