Smoking Causes Cancer

गुल्मीमा जीप दुर्घटना, तीन जना घाईते



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी, बैशाख – २ । गएराती गुल्मीको कालिगण्डकी गाउँपालिकामा जीप दुघृटना हुँदा तीन जना घाईते भएका छन ।
त्यस पालिका वडा नम्बर– ४ सैरेनी भन्ने स्थानमा लु ३ च ६४५६ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ फाक्सिङ निवासी ४१ बर्षीय क्षेत्रबहादुर थापा , बर्ष १६ का दिपेन्द्र राना र २२ बर्षीय कृष्ण राना घाईते भएका हुन ।

जिल्ला प्रहरी प्रबक्ता गंगाबहादुर सारुका अनुसार उनिहरुको स्वास्थ्य अबस्था मध्यम खालको छ । उनिहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरिएकोमा त्यस अस्पतालमा नगई उनिहरुले पाल्पा युनाईटेड मिशन अस्पतालमा उपचार गराई रहेका छन .

सत्यवतीको भार्सेबाट पुर्तिघाट तर्फ आउँदै गरेको उक्त जीप हिजो साँझ ७ बजेर २० मिनेट जाँदा दुर्घटना भएको वडा नम्वर ५ का वडाध्यक्ष होमबहादुर थापाले जानकारी गराउन साथ पुर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।

सिंचाई
Forest
Ad.

ब्रेक फेल भई जीप भित्तामा ठोक्किएर दुर्घटना भएको बताईएको छ । जिपमा सवार ५ जना मध्ये चालक दिपक बलाल सहित दुई जना सकुशल रहेका छन । चालक बलालले मापसे नगरेको पाईए पछि हिजोा नै उनलाई घर पठाईएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो