पाल्पा,बैशाख १ । पाल्पामा पछिल्लो २४ घण्टा भित्रमा बेग्ला बेग्लै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटना हुँदा एक परिबारका बाबुको मृत्यु भएको छ भने छोरा घाईते भएका छन । अर्को स्कुटर दुर्घटनामा एक जना बृद्धको मृत्यु भएको छ ।
जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको आज मृत्यु भएको हो भने उनका १८ बर्षीय छोरा मन्दिप दर्लार्मी घाईते भएका हुन ।
बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र छोरा मन्दिपको सोही अस्पलामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
उनका अनुसार अघिल्लो दिन राती
मल्लका अनुसार स्कुटर दुर्घटना हुँदा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको छ । रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा पर्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको हो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |