Salime Malika Krishi Farm

Awareness Campaign

शैक्षिक सुधार गर्दै गलकोट नगरः वार्षिक दुई अंकले नतिजामा सुधार



लालु प्रसाद गैरे
११ महिना अगाडि


Awareness

Place for ads

गलकोट: शैक्षिक सुधारका लागि लगानी वृद्वि गर्दै गईरहेको गलकोट नगरपालिका वागलुङले शैक्षिक सुधारमा पनि सकरात्मक परिणाम निकालिरहेको छ । गलकोट नगरपालिकाको आधारभूत तह उत्तिर्ण परीक्षा कक्षा-८ को नतिजा प्रकाशनले गलकोटको आधारभूत तहको शैक्षिक गुणस्तर सुधारात्मक देखिएको हो।

गलकोट नगरपालिकामा कक्षा ८ संचालन भएका सामुदायिक विद्यालय २५ र संस्थागत ९ गरी जम्मा ३३ विद्यालयमा अध्ययनरत जम्मा ५७२ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए । गलकोट नगरपालिकामा यस शैक्षिक सत्रमा ६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । शैक्षिक सत्र २०७९ शालमा १९ प्रतिशत, २०८० शालमा ४२ र यस शैक्षिक सत्रमा ६७ प्रतिशत नतिजा आएको हो।

यस शैक्षिक सत्रमा सहभागी विद्यार्थीहरुमध्ये 3.6 GPA भन्दा माथि ल्याउने ५९ जना विद्यार्थी रहेका छन् । गलकोट नगरपालिकाले आधारभूत तह उत्तिर्ण परीक्षालाई एस.ई.ई. परीक्षा मोडेलमा संचालन गरेको थियो । परीक्षा व्यवस्थापनका लागि ११ वटा परीक्षा केन्द्रहरु तोकि प्रत्येक केन्द्रहरुमा फरक विद्यालयहरुवाट केन्द्राध्यक्ष र निरीक्षकहरु खटाईएको थियो।

सिंचाई
Forest
Ad.

नतिजा सुधारका लागि गलकोट नगरपालिकाले उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान, गणित, अंग्रेजी र विज्ञान विषयको नतिजा सूधार कार्यक्रम, नगरस्तरीय अर्धवार्षिक परीक्षा संचालन तथा व्यवस्थापन, शैक्षिक क्यालेन्डर तथा डायरी निर्माण र कार्यान्वयन, शैक्षिक प्रर्दशनी, विषयगत गलकोट क्वीज कार्यक्रम, विषयगत विषय विज्ञ समूह निर्माण जस्ता थुप्रै कार्यक्रम मार्फत शैक्षिक सुधारका कार्यक्रम अगाडि बढाईएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिनुभयो।

कार्यालयले नतिजा सुध्रदै जानुमा विद्यार्थी र शैक्षिक सुधारको लागि विशेष कार्यक्रमहरुलाई जोड दिदै जानु साथै विद्यालयहरुले पनि विशेष विद्यालय अन्तर्गतका कार्यक्रमहरू नतिजा सुधारमा जोड दिनुले नतिजा सुध्रिएको उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो