गुल्मी, बैशाख –१ । केहिबेर अघि बाग्लुङ्गको तमानखोला गाउँपालिकामा जिप दुर्घटना भएको छ । सो पालिका वडा नम्बर –२ को कटेरीमा १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना पाँच जना घम्भीर घाईते भएको स्थानीयले बताए पनि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले भने पुष्टि गरेको छैन ।
त्यस कार्यालयका प्रबक्ता डिएसपी विजय यादवले त्यहाँ जिप दुर्घटना भएको जानकारी आए पनि हताहतीको विवरण आई नसकेको बताए । एक जना चालक सहित ११जना सवार रहेको डिएसपी यादवले बताए ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |