गुल्मी, चैत्र ३१: २०८१ को बिदाई र नयाँ बर्ष २०८२ को नव बर्षलाई स्वागत गर्ने क्रममा आज हामी गुल्मीकी एक महिलाको सफलताको कथा पस्किदैछौँ। उनि हुन् गुल्मीको मुसिकोट नगरपालिका-८, साविक वामी गाविसमा जन्मिएकी विष्णुकुमारी सापकोटा।
२०२३ साल असार १० गते बाबु कृष्णप्रसाद सापकोटा र आमा धनकुमारी सापकोटाको कोखबाट सात छोरीहरु मध्ये माईली छोरीका रुपमा जन्मिएकी सापकोटा आमाले काम गर्दागर्दै आफु बारीमा जन्मिएको बताउँछिन।
उति बेला आफ्नो बाबु आमाले झैँ छोरा नजन्माउने दम्पत्तीलाई समाजले हेर्ने दृष्टिकोण विरुद्ध सानै देखि विद्रोही स्वभावकी बन्न पुगिन। जति बेला महिलाले हलो जोत्न हुन्न भन्ने मान्यता थियो। त्यसलाई तोडेर हलो पनि जोतिन्।
बाबु कृष्णप्रसाद सापकोटा पनि राजनीतिककर्मी भएको हुनाले उनि २०३६ सालको जनमत संग्रहको राजनैतिक चहलपहल देखि नै राजनीति प्रति जिज्ञासु बन्दै गईन। अन्ततः स्कुले जीवन देखि नेवि संघ हुँदै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेकी सापकोटा विद्यार्थी राजनीतिकालमा बढि मात्रटमा राजधानीमा केन्द्रित थिईन।
२०६० दशक देखि गृहजिल्ला गुल्मीमा फर्किकी सापकोटा नेपाल महिला संघ गुल्मी जिल्लाको सभापति भए यता उनले राजनीतिमा उचाई लिन पुगिन। पार्टी भन्दा माथि उठेर अन्यायमा परेका महिलाहरुको न्यायको पक्षमा खरो उभिदै आएकी सापकोटा नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिको सचिव समेतको जिम्मेवारी सम्हालेकी छन।
तर २०७४ को स्थानीय तहको निर्वाचनले उनलाई निरास बनाई दियो। मुसिकोट नगरपालिकाको मेयरको दाबेदार उनलाई पार्टीले पछाडी हटाएर पाको नेता कृष्णहरी सापकोटालाई मेयर र उनलाई उपमेयरको उमेदवार खडा गरी दियो। अन्ततः दुवैले हार बेहोरे। चुनाव हारे पनि राजनैतिक यात्रामा थकित नबनेकी सापकोटालाई २०८० को राष्ट्रिय सभाको निर्वाचनले अप्रत्यासित सफता दियो। त्यस वर्षको माघ ११ गते भएको निर्वाचन सम्म कांग्रेस र माओवादी गठबन्धन थियो। सोही गठबन्धनबाट लुम्बिनी प्रदेशमा माओवादीबाट झक्कुप्रसाद सुवेदी र कांग्रेसबाट सापकोटा राष्ट्रिय सभामा विजयी भएका थिए। उनले महिला अधिकारको क्षेत्रमा थुप्रै जेहादहरु छेडेकी छन। ति मध्येको एक थियो उनि विवाह नहुँदै बाबु बन्नु परेको बाध्यता।
आज भन्दा १२ बर्ष अघि गुल्मी अस्पतालमा एक युवतीले बाबुको टुङ्गो नलागेको शिशु (छोरा) जन्माईन। ति युवतीले बताएको युवक बेपत्ता भए पछि उनलाई सापकोटा सहित यहाँको अन्तरपार्टी महिला सञ्जालले तत्कालिन महिला तथा बालबालिका विकास कार्यालयमा आश्रय दियो। त्यति बेला प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल थिए।
आरोपित युवक फेला नपरे पछि सोही कार्यालयमा ति शिशुको बाबु बनेर डोरो बान्छु न्वारान गरौं सिडियो साव भनेर सापकोटा कस्सिईन र अन्ततः उनले न्वारान गरेकी थिईन। उनलाई न्वारान गराई दिने पण्डित थिए नेपाल रेडक्रस सोसाईटी गुल्मी शाखाका कार्यालय सहयोगी अर्खलेका मनिराम पन्थी। उनले ति शिशुको नाम अविष्कार राखी दिएका थिए। पन्थीको मृत्यु भईसकेको छ भने ति बालकको अहिलेको अवस्थाबारे स्वयं सापकोटा समेत अनभिज्ञ छिन्।
यस्ता थुप्रै संघर्षले जन्माएको विष्णुकुमारी सापकोटा संग नव बर्ष २०८२ लाई स्वागतको संघारमा हामी हिँड्दाहिँड्दै मोबाईलमा कुराकानी गरेका थियौँ। प्रस्तुत छ उक्त कुराकानी:
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










