Hi-Speed Computer

Awareness Campaign

अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तरको दौडमा संस्थागत तर्फ गुल्मीमा अर्जुन बोर्डिङ्ग स्कुल पहिलो



प्रेम सुनार
१ महिना अगाडि


Awareness

Place for ads

 गुल्मी, चैत्र २९: एक संस्था मार्फत अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्ह्र पाप्त गर्ने दौडमा गुल्मी जिल्लाका चार वटा विद्यालय परेका छन। स्विजरल्याण्डको जेनेभामा प्रधान कार्यालय रहेको गुणस्तरिय शिक्षाका लागि अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था (आईएसओ) मार्फत ग्लोबल काउन्सिल काठमाण्डौले सामुदायिक तर्फ सदरमुकाम तम्घासको शिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र नमुना माध्यमिक विद्यालय, रेसुङ्गा माध्यमिक विद्यालय र संस्थागत तर्फ तम्घासकै अर्जुन इङ्गलिस बोर्डिङ्ग हाईस्कुललाई अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्ह प्राप्त गर्ने दौडको सुचिमा राखेको हो। शिद्धबाबा माध्यमिक विद्यालयले पहिलो चरणको संस्थागत लोगो मात्रै प्राप्त गरेको छ।

अन्य तीनवटा विद्यालयहरु लोगो प्राप्त गर्ने प्रक्रियामा रहेका छन। सामुदायिक विद्यालय तर्फ गुल्मीमा शिद्धबाबा माध्यमिक विद्यालय लोगो प्राप्त गर्नेमा पहिलो बनेको छ भने संस्थागत विद्यालयहरुमा अर्जुन इङ्गलिस बोर्डिङ्ग हाईस्कुल लोगो प्राप्त गर्ने पहिलो संसथागत विद्यालयको सुचिमा परेको छ। यस संस्थाले गुल्मीका यी चार वटा विद्यालयहरुलाई विविध सुधारात्मक शैक्षिक प्राणालीको दौडमा सक्षम विद्यालयका रुपमा मुल्याङ्कन गरी समावेश गरेको हो। सोही दौडमा प्रशिक्षित र संयोजन गर्न गुल्मी आईपुगेका आईएसओका प्रतिनिधी तथा तालिम संयोजक नारायणप्रसाद दवाडीले गुल्मीका यी विद्यालय छनौटमा परी आफुहरु गुल्मी आईपुगेको बताए।

उनका अनुसार आईएसओको निर्देशिका/मापदण्डलाई अवलम्वन गर्न सक्षम विद्यालयहरुलाई यस संस्थाले छनौट गर्दै आएको छ। हालसम्म नेपालमा दुई सय बढी विद्यालयहरुले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्ह प्राप्त गरेका छन। १४ सय बढि विद्यालयहरुले शिद्धबाबा माध्यमिक विद्यालय जस्तै त्यस दौडको तयारीका लागि लोगो प्राप्त गरेका छन। लुुम्बिनी प्रदेशभरका सामुदायिक विद्यालयहरुमा बुटवलको कान्ति माध्यमिक विद्यालयले मात्र अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्ह प्राप्त गरेको दवाडीले जानकारी दिए। यस दौड पार गर्न छनौटमा परेका विद्यालयहरुले ५० वटा सुचक प्राप्त गर्नुपर्ने हुन्छ।

Forest
Forest
Ad.

त्यस संस्थाले तीन महिना सम्म दिएको तालिम पश्चात तम्घासको शिद्धबाबा माध्यमिक विद्यालयले २० वटा सुचक प्राप्त गरेपछि संस्थाको लोगो प्राप्त गरेको हो। उसले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गर्न अझै ३० वटा सुचक प्राप्त गर्नु पर्ने छ। उसले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर चिन्ह प्राप्त गर्न अझै एक बर्ष लाग्न सक्छ। कतिपय विद्यालयहरुले ६ महिना भित्रै प्राप्त गरेका उदाहरणहरु पनि रहेको दवाडीले बताए। लोगो प्राप्त गर्ने दौडमा रहेको अर्जुन ईङ्गलिस बोेर्डिङ्ग हाईस्कुलले बैशाख ३ गते उसको ४१ औं वार्षिकोत्सव, अभिभावक भेला तथा परीक्षा प्रकाशित कार्यक्रमको अवसरमा लोगो पाउने अपेक्षा त्यस विद्यालय परिवारले गरेको छ।

गुल्मीको हकमा सामुदायिक तर्फ शिद्धबाबा मावि पहिलो र संस्थागत तर्फ अर्जुन ईङ्गलिस बोेर्डिङ्ग हाईस्कुल लोगो प्राप्त गर्ने पहिलो विद्यालय हुने आईएसओ संस्थाका प्रतिनिधी तथा तालिम संयोजक दवाडीले बताए। ‘वार्षिकोत्सवको अवसरमा उक्त लोगो प्राप्त गर्न सकौला वा केहि दिन कुर्न पर्ला तर अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर प्राप्त गर्न सक्ने विद्यालयको सुचिमा यस विद्यालय पर्न सफल भएकोमा हामी गौरवान्वित छौँ र सफल पनि हुने छौँ।’ अर्जुन ईङ्गलिस बोेर्डिङ्ग हाईस्कुलका प्रिन्सिपल दानबहादुर केसीले भने, ‘यस अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तकहरुलाई बधाई दिन चाहन्छु।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →