Clean Water Campaign

Awareness Campaign

एमाले निकट मुक्ति समाज गुल्मीको अध्यक्षमा पुनः दिपक बराल



प्रेम सुनार
५ महिना अगाडि


Awareness

Place for ads

 

गुल्मी, चैत्र २९: नेकपा एमले निकट दलित संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाजको अध्यक्षमा पुनः दिपक बराल निर्वाचित भएका छन। बिहिबार गुल्मीको सदरमुकाम तम्घासमा मुक्ती समाजको आठौं जिल्ला सम्मेलनले बराललाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो।

त्यस्तै उपाध्यक्षमा बिष्णु सुनार र सोम नेपाली निर्वाचित भएका छन । सचिबमा दुर्गा बिश्वकर्मा , सहसचिब, सुबर्ण बराल, सहसचिव रमेश बिश्वकर्मा , कोषाध्यक्ष, रिता बराल र सह कोषाध्यक्ष प्रबिणा परियार सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहिति ४१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दलबहादुर बिश्वकर्माले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

आठौं जिल्ला सम्मेलनको मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बिश्वकर्माले उद्घाटन गरेका थिए । प्रमुख बिश्वकर्माले नवनिर्वाचत कार्य समितिलाई पद तथा गोपनियताको सपथ ग्रहरण गराउँदै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जंग नेपाली, केन्द्रिय उपाध्यक्ष नन्द बिश्वकर्मा, सचिब कमला बिश्वकर्मा, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण बिश्वकर्माको बिशेष आतिथ्यता थियो ।

त्यस्तै माउ पार्टीको तर्फ बाट नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष बालसिंह काउछा, प्रदेश कमिटी सदस्य कृष्ण सुनार, स्थायी कमिटी सदस्य ठाकुर लुहागुन, मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्यहरु दल बहादुर बिश्वकर्मा, सुरेन्द्रश्री बिश्वकर्मा, कल्पना बिश्वकर्मा, तारा सुनार, उमा चुदारा, जिल्ला पार्टी सचिब धर्म बिश्वकर्मा, पुर्ब सचिब गणेश श्रीपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →