गुल्मी, चैत्र २८ । गुल्मीमा बुधबार बर्षा संगै आएको हावाहुरीले झण्डै तिन दर्जन घरको छाना उडाएर क्षति पुराएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस कार्यालयका प्रबक्ता डिएसपी गंगाबहादुर सारुले यस ओझेलका खबरलाई पठाएको विवरण अनुसार बुधबार साँझ देखि यो समाचार तयार पार्ने बेला सम्म जिल्लाभर २८ घरधुरीले क्षति ब्यहोरेका छन ।
मालिका गाउँपालिका ४ ठुलीचौकी सिता अर्यालको तरकारी खेती गर्ने टनेल र सोही वडाको कृषिको भवनको छानो उडाए बाहेक अरु २६ परिबारका घरको छाना उठाएर खुल्ला आकाशमुनी बस्ने बनाएको छ । सबै भन्दा बढि घरपरिबार क्षति धुर्कोट गाउँपालिकाम भएको छ , त्यहाँ एक होटल सहित १० वटा घरको छाना हावाहुरीले उडाएर क्षति भएको छ । कतिपयको घरको पाली र आंशिकरुमा क्षति भए पनि दर्जनौ घर परिबार खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन ।
यस्तो छ हावाहुरीले क्षति पुराएका घरधनीहरुको विवरण
१, धुर्कोट गाउँपालिका३ बर्दबास कृष्ण बिष्ट
२ सोही स्थानकी देवकला महत
३, रेसुङ्गा नगरपालिका ५ गोवानेका अर्जनु बिक
४ रेसुङ्गा नगरपालिका १० पाँचरातेका रामबहादुर बस्नेत
५ धुर्कोट गाउँपालिका ४ बर्वोटका अरुण गैरेको होटेल
६ , रुरुक्षेत्र गाउँपालिका ५ ग्वादीका कृष्णप्रसाद ज्ञवाली
७ धुर्कोट गाउँपालिका १ नयाँगाउँका नरबहादुर मगर
८, धुर्कोट गाउँपालिका ५ वस्तुकी ईश्वरा सुनार
९ , सोही स्थानका गिरबहादुर पुन मगर
१० , सोही स्थानका गैरेबहादुर सार्की
११ , सोही स्थानका तुल्सा भण्डारी
१२ सोही स्थानका तेजबहादुर घर्ति
१३ , सोही फर्शुराम पचभैया मगर
१४, मालिका गाउँपालिका ४ ठुलीचौर कृषि तथा पशु शहकारी भवन
१५ , साही वडा पुरनपाटाकी जमुना लम्साल
१६ , सोही वडा सुरेश अर्याल
१८ , मालिका गाउँपालिका ५ छापाहिलेका धने कामी
१९ , मालिका गाउँपालिका ४ ठुलीचौर बस्ने हिरालाल अर्याल
२० , सोही वडाका शिबलाल अर्याल
२१ सोही वडा पैयाँपाटाका जितबहादुर खत्री
२२, सोही वडाका अरुण बुढा मगर
२३ , सोही वडाका खिमबहादुर खत्री
२४, सोही वडा काभ्रेका थम्मने कामी
२५ , सोही वडा अर्खबाङ्गकी सिता अर्यालयको टनेल उडाएको
२६ , कालिगण्डकी गाउँपालिका ३ जयखानी रुकबहादुर श्रीस
२७ , सोही वडा लम्सराका सन्तकली राना
२८ , सोही छापा बस्ने लालबिर राना
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |