Smoking Causes Cancer

 चटयाङ लागेर रोल्पामा एक किशोरीको मृत्यु , दुई घाईते



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

रोल्पा, चैत्र २८ । गएराती अविरल बर्षा संगै चटयाङ लागेर रोल्पामा एक किशोरीको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । जिल्लाको सुनिल रोल्पा नगरपालिका १० कुटिबाङ घर भई सोही जिल्लाको जिल्लाको सुनिलस्मृति गाउँपालिका ५ कपर्जी निवासी १६ बर्षीया धनमाया खत्रीको मृत्यु भएको हो ।

त्यस्तै टिका बहादुर खत्रीका १५ बर्षिया छोरा नविन खत्री र १३ बर्षीया लिला खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । खत्रीका दुई बाख्रा समेत मरेक छन । मृतक धनमायाको घर रोल्पा नगरपालिका १० मा पनि रहेको बताईएको छ ।
त्यस्तै गामा गाउँ स्थित अर्को एक घरमा चट्याङ्गले हानेर घरको भित्ता चर्केको, सोलार पाता जल्नुका साथै सबै गरेर करिव ८२ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । लामाका अनुसार घटनास्थल सदरमुकामबाट उत्तर चार घण्टाको दुरीमा पर्दछ । बर्षा र हावाहुरीका कारण नेटवर्क
असुविधाको समस्याले गर्दा आज बिहान प्रहरीले ति किशोरीको मृत्यु भएको र दुई जना घाईते भएको सुचना दिए पनि प्रहरी त्यहाँ नपुगे सम्म जिल्ला प्रहरी कार्यालयले पुष्टि गर्न मानेका थिएन ।

 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो