Place for ads

Awareness

गुल्मीका अर्याल पत्रकार महासंघ, यूकेको अध्यक्षमा विजयी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

लण्डन: नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन। आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्ष निर्वाचित भए।

निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मात्र मत पाए। अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

Get Vaccinated

त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए। उनका प्रतिस्पर्धी सञ्जयभक्त कंडेलले १० मत मात्र पाए। महासचिव पदमा २७ मत ल्याएर नरेन्द्र बस्नेत विजयी भएका छन्। उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो। जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन्। जसमध्ये १ भोट बदर भएको थियो।
पाँचौं कार्यसमितिको अध्यक्ष निर्वाचित अर्याल शाखाका पहिलो निर्वाचित अध्यक्ष बनेका छन्। यसअघिका चार वटै कार्यकालका अध्यक्ष सहमतिमै चयन भएका थिए।

यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका अर्यालले त्यस अघि शाखाको उपाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन।

गुल्मी चन्द्रकोट-८, तुराङ स्थायी घर भएका नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन्। लण्डनबाट प्रकाशन हुने नेपाली लिंकका सम्पादक उनी अन्नपूर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाता पनि हुन। यसअघि उनले बेलायतबाटै सञ्चालित नेपाली टिभी र युरोपको नेपालीपत्रमा लामो समय काम गरेका थिए। डेढ दशकअघि नेपालमा एबिसी टेलिभिजिनबाट पत्रकारिता शुरु गरेका उनी त्यसयता कयौं राष्ट्रिय मिडियाहरु समेतमा आवद्ध रहेर पत्रकारितामा निरन्तर सक्रिय छन।

Awareness by SKF

पत्रकार महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन्। कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।
शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ। अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए।
शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो। समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए।
शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपांगीमगरले दुई कार्यकाल नेतृत्व गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया