Smoking Causes Cancer

रुरु र रेसुङ्गामा थप दुई घरको छाना हावाहुरीले उडायो ,क्षति ब्यहोर्ने परिबार संख्या ८ पुग्यो



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

 

गुल्मी, चैत्र – २८ । पछिल्लो चौबिस घण्टाको बर्षा , हावाहुरी र चट्याङ्गबाट गुल्मीमा ८ घरपरिबारले क्षति ब्यहोरेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट हामीलाई भर्खरै प्राप्त विवरण अनुसार जिल्लाको रुरुक्षेत्र गाउँपालिका र रेसुङ्गा नगरपालिकामा एक एक गरी थप दुई घरको छाना हावाहुरीले उडाएर क्षति पुराएको छ ।

त्यस गाउँपालिका –५ ग्वादीका कृष्णप्रसाद ज्ञवाली र रेसुङ्गा नगरपालिका –१० पाँचरातेका रामबहादुर बस्नेतको घर हावाहुरीले उडाएर क्षति पुराएको हो ।
यस अघि
१, धुर्कोट– ४ बर्बोटका अरुण गैरेको होटल भएको घरको छाना
२, सोही वडा रौताडीका पुर्णप्रसाद उपाध्यायको घरको छाना
३ , सोही पालिका – ३ बर्दबासका कृष्ण बिष्टको घरको छाना
४ , सोही स्थानकी देवकला महतको घरको छाना
५ , रेसुङ्गा नगरपालिका –५ गोवानेका अर्जुन बिकको घरको छाना
६ इस्मा गाउँपालिका– २ पालुखाकी बिमला दर्जिको आगोलागीबाट गोठ जलेर नष्ट भएको समाचार प्रकाशित भई सकेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो