गुल्मी, चैत्र – २८ । पछिल्लो चौबिस घण्टाको बर्षा , हावाहुरी र चट्याङ्गबाट गुल्मीमा ८ घरपरिबारले क्षति ब्यहोरेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट हामीलाई भर्खरै प्राप्त विवरण अनुसार जिल्लाको रुरुक्षेत्र गाउँपालिका र रेसुङ्गा नगरपालिकामा एक एक गरी थप दुई घरको छाना हावाहुरीले उडाएर क्षति पुराएको छ ।
त्यस गाउँपालिका –५ ग्वादीका कृष्णप्रसाद ज्ञवाली र रेसुङ्गा नगरपालिका –१० पाँचरातेका रामबहादुर बस्नेतको घर हावाहुरीले उडाएर क्षति पुराएको हो ।
यस अघि
१, धुर्कोट– ४ बर्बोटका अरुण गैरेको होटल भएको घरको छाना
२, सोही वडा रौताडीका पुर्णप्रसाद उपाध्यायको घरको छाना
३ , सोही पालिका – ३ बर्दबासका कृष्ण बिष्टको घरको छाना
४ , सोही स्थानकी देवकला महतको घरको छाना
५ , रेसुङ्गा नगरपालिका –५ गोवानेका अर्जुन बिकको घरको छाना
६ इस्मा गाउँपालिका– २ पालुखाकी बिमला दर्जिको आगोलागीबाट गोठ जलेर नष्ट भएको समाचार प्रकाशित भई सकेको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |