Clean Water Campaign

Awareness Campaign

जाजरकोट प्रहरीद्वारा ठुलो परिमाणमा अवैध अफिम नष्ट



ओझेलका खबर
५ महिना अगाडि


Awareness

Place for ads

जाजरकोट, चैत्र–२५ । जाजरकोट जिल्लाको प्रहरीले ठुलो परिमाणमा अबैध अफिम खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय दल्लीले जिल्लाको नलगाडा नगरपालिका–१ खैलागाउँमा करिव ६५ रोपनी क्षेत्रफलमा गरिएको अबैध अफिम खेती नष्ट गरेको हो।

त्यस ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी नायव निरीक्षक अर्जुन खड्काको नेतृत्वमा खटिएको २० जना प्रहरीको टोलीले उक्त परिमाणको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अबैध अफिम गरिएको स्थान ईलाका प्रहरी कार्यालय दल्लीदेखि २० किलो मिटर दुरीमा पर्ने जनाईएको छ । उक्त अबैध अफिम खेती को कसले गरेको हो भन्ने बारे प्रहरीले खुलाएको छैन ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो