Clean Water Campaign

Awareness Campaign

खनदहमा जिप दुर्घटनाः २ जनाको मृत्यु



ओझेलका खबर
५ महिना अगाडि


Awareness

Place for ads

अर्घाखाँची, चैत्र २४: अर्घाखाँचीको खनदहमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका-३, ढुङ्गाडेस्थित लुटीपोखरी-ख‌नदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका ४  का अन्दाजी २२ बर्षीय दिलिप खनाल र अन्दाजी बर्ष २१ का बालकृष्ण रिजालको मृत्यु भएको हो।

खनाल त्यस जिपकका चालक थिए । घाईते हुनेमा सोही स्थानका अन्दाजी १७ बर्षीय भुवन पोखरेल र सोही उमेर समुहका बसन्त पोख्रेल रहेका छन । दुई मध्ये बसन्तको अबस्था सामन्य र भुवनको अबस्था मध्येम रहेको छ  ।

उनिहरुलाई उपचारका लागि बुटवल पठाईएको अर्घाखाँची जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । घटनास्थलमा गम्भीर अबस्थामा फेला परेका ति दुई जनालाई सन्धिखर्क अस्पतालमा ल्याई डाक्टरले मृत घोषणा गरेको डिएसपी मल्लले बताए ।

सिंचाई
Forest
Ad.

खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी पाउन साथ खनदह ईलाका प्रहरी कार्यालयको टोली उद्धारका लागि पुगेको थियो ।  जिप सडकबाट करिब २०० मिटर तल खसेको र दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो