Hi-Speed Computer

Awareness Campaign

गुल्मी उद्योग वाणिज्य संघमा महासचिवमा पाण्डे सहित तीन जना निर्विरोध निर्वाचित



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, चैत्र २१: गुल्मी उद्योग वाणिज्य संघको ३३ औँ साधारण सभा एवं अधिवेशनबाट महासचिवमा चेतनारायण पाण्डे सहित तीन जना तीन जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छ्न।

सचिवमा विष्णु अधिकारी र कोषाध्यक्षमा ईश्वरी कंडेल निर्विरोध निर्वाचित भएका हुन। चैत्र ८ गते रेसुङ्गा धार्मिक क्षेत्रमा साधरण सभा भएको थियो। दोश्रो दिन अधिवेशन सम्पन्न गर्ने भनिए पनि अध्यक्ष पदमा दुई जना दाबेदार पछाडी हट्न कोहि नमाने पछि भोलि चैत्र २२  गतेका लागि अधिवेशन सारिएको थियो । तीन पदाधिकारी निर्विरोध भई सकेको तीन जना उपाध्यक्ष पनि भोलि सम्म निर्विरोधको प्रयास भईरहेकोले सम्भवतः भोलि अध्यक्ष पदका लागि निर्वाचन हुने निवर्तमान उपाध्यक्ष तारा प्रसाद भुसालले बताए।

अध्यक्ष पदका उमेदवार रामप्रसाद पन्थी र मृग्रेन्द प्रसाद श्रेष्ठ बिच कडा टक्कर हुने देखिएको छ । पन्थी र श्रेष्ठ दुबै ब्यबसायीहरुका प्रभावशाली नेता र सामाजिक क्षेत्रमा कृयाशिल व्यक्ति हुन।

Forest
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →