Awareness

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय द्वारा अनलाइन भर्ना अभियान सुरु (भर्ना फारम सहित)

खबर शैक्षिक खबर

Place for ads

गुल्मी: शैक्षिक सत्र २०७७ को नतिजा अनलाइन मार्फत सार्वजनिक गरेको श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सार, गुल्मीले असार १ गते अर्थात भोलि देखि अनलाइन भर्ना सुरु गर्ने भएको छ।

कोभिड-१९ को दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अनलाइन मार्फत भर्ना हुन सकिने व्यवस्था विद्यालयले गरेको हो। जसका लागि विद्यार्थीहरुले यो लिंकमा गएर अथवा तलको फारममा आवश्यक विवरण भर्नु पर्नेछ।
विद्यार्थीहरुले स्मार्टफोन वा कम्पुटरबाट आफ्नो ग्रेड सिट समेत हेर्न सक्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ। जसका लागि eschool.ezonecloud.com साइटमा गई Company Code मा manmv राख्नु पर्ने छ भने User ID र Password दुवैमा आफ्नो ID राख्नु पर्ने बताइएको छ।

Get Vaccinated

गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन गरिन्छ भने कक्षा नौ देखि प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ विषय पनि अध्यापन गरिदै आइएको छ।

शैक्षिक सत्र २०७८ को लागि भर्ना हुन तलको फारम भरेर पठाउनुहोस्:

3 thoughts on “महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय द्वारा अनलाइन भर्ना अभियान सुरु (भर्ना फारम सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *